हुन्डाईको नयाँ क्रेटा सार्वजनिक « Khabarhub

हुन्डाईको नयाँ क्रेटा सार्वजनिक


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपालमा हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ हुन्डाई क्रेटा सार्वजनिक गरेको छ। 

लक्ष्मी हुन्डाईले नेपालमा सन् २०१५ बाट क्रेटाको बिक्री सुरुवात गरेको थियो। उत्कृष्ट डिजाइन, हरेक भू-भागमा मजाले गुड्न सक्ने र प्रायः हरेक उमेरका ग्राहकलाई सुहाउने नयाँ क्रेटा धेरैको रोजाइ र यात्राको साथी बन्ने विश्वास कम्पनीको छ । मिड साइज एसयूभी सेगमेन्टमा आएको नयाँ क्रेटामा विभिन्न फिचर्स तथा थप सुविधाहरू रहेका छन् ।

नयाँ क्रेटाको अगाडि भागमा प्यारामेट्रिक ब्ल्याक क्रोम ग्रिल, स्लिक क्वाड बिम एलईडी हेडल्याम्प र नयाँ डिजाइनको बम्पर राखिएको छ । साथै यसमा आकर्षक साइड लाइन र नयाँ एलोय हिलहरू पनि रहेको कम्पनीले जनाएको छ ।

त्यसैगरी, पछाडि भागमा कनेक्टिङ एलईडी टेललाइट सेटअप र रिडिजाइन गरिएको बम्पर समावेश गरिएको छ । गाडीको भित्री भागमा कालो र खैरो थिममा यसको ड्यासबोर्ड पूर्णरूपमा नयाँ रहेको छ भने इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्टुमेन्ट क्लस्टर पहिलेकोभन्दा निकै आकर्षक छ । यसमा दुवै स्क्रिन समान १०.२५ इन्चका छन् ।

८-स्पिकर बोस साउन्ड सिस्टम, एम्बर एम्बियेन्ट लाइटिङ, प्यानोरामिक सनरुफ, भेन्टिलेटेड सिटहरू र डुअल-जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू समावेश छन् जसले यस गाडीलाई थप आरामदायी, उत्साहजनक र साहसपूर्ण ड्राइभिङ अनुभव दिने कम्पनीको  विश्वास छ ।

कम्पनीका अनुसार नयाँ क्रेटामा ३० भन्दा बढी उन्नत सुरक्षा सुविधाहरू प्रदान गरिएको छ । यसमा रहेको ६ ओटा एयरब्याग, ३६० डिग्री क्यामेरा, सराउन्ड भ्यू मोनिटर (एसभीएम), ब्लाइन्ड स्पट भ्यू मोनिटर (बीभीएम), अटो होल्ड सहितको इलेक्ट्रिक पार्किङ ब्रेक, र टायर प्रेशर मोनिटरिङ्ग सिस्टम (हाईलाइन) ले चालक सुरक्षालाई शीर्ष प्राथमिकतामा राखेको छ ।

एडास फिचर अन्तर्गत लेन किप एन्ड फलोइङ असिस्ट, लेन डिपार्चर वार्निङ, एडाटिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिसन एभाइडेन्स, ब्लाइन्ड स्पट भ्यू मनिटर र ड्राइभर अटेन्सन वार्निङ जस्ता महत्त्वपूर्ण फिचर उपलब्ध छन् । १.५ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिनले नयाँ क्रेटालाई अझ शक्तिशाली बनाएको छ । गियर ट्रान्समिसनको विकल्पहरूमा एमटी, एटीआईभीटी उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

 नयाँ हुन्डाई क्रेटाको मूल्य ५५ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ५ : १२ बजे

काठमाडौं मनगरको नीति तथा कार्यक्रम सार्वजनिक (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आइतबार १९औँ नगरसभामा आर्थिक

अमेरिकासँग सम्भावित शान्ति सम्झौताको विरोधमा उत्रिए इरानी, इजरायलमा बढ्यो चिन्ता

तेहरान- अमेरिकासँग सम्भावित शान्ति सम्झौतालाई लिएर विरोध सुरू भएको छ।

२४ घण्टामा विपद्का २४ घटना : २ जनाको मृत्यु, १५ जना घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर विभिन्न प्रकारका २४ वटा विपद्का

फ्रान्सविरुद्ध फाइनल खेलाएका पोलिस रेफ्री नै अर्जेन्टिनाको खेलमा दोहोरिँदै

काठमाडौं- साविक विश्वकप विजेता अर्जेन्टिनाले अल्जेरियाविरुद्ध खेल्ने समूह चरणको खेल

स्विट्जरल्यान्डमा जनसङ्ख्या बहस

जेनेभा– स्विट्जरल्यान्डमा आप्रवासन र जनसङ्ख्या वृद्धिलाई लिएर लामो समयदेखि चलिरहेको बहस