चौरीयाक गोठ संरक्षण र प्रवर्द्धनका लागि तोक्पेगालामा महोत्सव « Khabarhub

चौरीयाक गोठ संरक्षण र प्रवर्द्धनका लागि तोक्पेगालामा महोत्सव


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा तोक्पेगोला पर्यटन तथा चौरी महोत्सव आयोजना हुने भएको छ । पछिल्लो समयमा चौरीयाक पालनप्रति युवा पुस्ताले जासो नदिएसँगै यस पेसा सङ्कटमा पर्ने जाने भन्दै चौरीयाक पालकहरूलाई प्रोत्साहन तथा मनोबल बढाउन महोत्सवको आयोजन गर्न लागेको हो ।

चौरीयाक गोठ संरक्षण र प्रवर्द्धनले हाम्रो उच्च हिमाली क्षेत्रको सांस्कृतिक, आर्थिक र जैविक विविधताको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने आयोजले जनाएको छ । महोत्सव आयोजक समितिले जारी प्रेस विज्ञप्तिअनुसार आउँदो शुक्रबारदेखि सोमबार गरी चार दिनसम्म तोक्पेगोला पर्यटन तथा चौरी महोत्सव हुने प्रचारप्रसार संयोजक नुपु शेर्पाले बताए ।

विशेषगरी हिमाली भेगमा बसोबास गर्ने समुदायका लागि चौरीयाक गोठ सांस्कृतिक धरोहरका रूपमा रहेको छ । परम्परागत तवरले चौरीयाकको पालन गर्दै आएका समुदायले चौरीसँग सम्बन्धित विभिन्न चाडपर्व, संस्कार र अनुष्ठानको आयोजना गर्दै आएको शेर्पाले बताए । चौरी गोठलाई केन्द्रित गरेर विभिन्न पर्व मनाइन्छ, जसले स्थानीय संस्कृति र परम्पराको जगेर्ना गर्ने उनको भनाइ थियो ।

चौरीयाक गोठ आर्थिक दृष्टिकोणले पनि महत्त्वपूर्ण छ । चौरीको दूधबाट बनाइने चीज, घ्यू र अन्य दूग्धजन्य उत्पादन स्थानीय र अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय छन् । यस्ता उत्पादनले स्थानीय बासिन्दाको आयआर्जनमा ठूलो सहयोग गरिरहेको जिल्ला समन्वय प्रमुख छिरिङ शेर्पाले बताए ।

चौरीहरू हिमाली वातावरणमा अनुकूलित जनावर हुन्, जसले त्यो क्षेत्रको जैविक विविधतालाई कायम राख्न मद्दत पुर्‍याइरहेको शेर्पाले बताए । चौरीहरूको संरक्षणले हिमाली चरन क्षेत्रको सन्तुलनमा पनि सहयोग गर्छ, जसले गर्दा वनस्पति र अन्य जीवजन्तुको संरक्षणमा योगदान पुग्ने चौरीयाक गोठ पालक किसानको भनाइ रहेको छ ।

चौरीयाक गोठ संरक्षणमा केही चुनौती पनि छन् । हिमाली क्षेत्रमा बढ्दो तापक्रम, चरन क्षेत्रको कमी र आधुनिक प्रविधिको अभावले चौरी गोठको सङ्ख्या घट्दै गएको छ । यसका लागि सरकार र गैरसरकारी संस्थाले विशेष पहल किसानको भनाइ रहेको छ ।

चौरी गोठको संरक्षणका लागि स्थानीय समुदायलाई सशक्त बनाउन, चरन क्षेत्रको व्यवस्थापन गर्न र चौरीपालनमा नयाँ प्रविधिको प्रयोग गर्नुपर्ने आवश्यकता किसानको भनाइ छ । स्थानीय बजारमा चौरीका उत्पादनको प्रचारप्रसार गर्न र अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नका लागि विशेष पहल आवश्यक रहेको शेर्पाले बताए ।

मिक्वाखोला गाउँपालिकामा फुडफुडगे झरना, हिलिमा झरना, सोदुपोखरी, भुतपोखरी, तीनपोखरी, मिक्वा पोखरी, लोदेनलगायत सयौँ ताल तथा पोखरीको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको आयोजकले जनाएका छन् । आयोजकका अनुसार यहाँका हिमालसँग प्रत्यक्ष साक्षात्कार गर्ने अवसर पाउने मात्र नभई, विभिन्न किसिमका जडिबुट्टी अवलोकन गर्न सकिन्छ ।

पर्याप्त प्रचारप्रसारको अभावले गर्दा यहाँ पर्याप्त पर्यटकहरू पुग्न सकेका छैनन् । प्रेस विज्ञप्तिका अनुसार ताप्लेजुङवासी प्रायः जिल्ला बाहिरका पर्यटकीय क्षेत्रतर्फ आकर्षित हुने गरेका छन्, जसले गर्दा आफ्नै जिल्लाको सुन्दरस्थल ओझेलमा पर्ने सम्भावना छ ।

महोत्सवले यस क्षेत्रको सौन्दर्य उजागर गर्दै पर्यटकको सङ्ख्यामा वृद्धि गर्नेछ । आयोजक समितिका अनुसार महोत्सवले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने छ र स्थानीय सरकारलाई पर्यटन क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नेछ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ९ : ५५ बजे

अदालतले ‘लालीबजार’ रोकेपछि सडकमा उत्रिए कलाकार (तस्बिरहरू)

काठमाडौं- आगामी १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लालीबजार’को प्रदर्शन

घरबारविहीनको जिम्मा सरकारले लिन्छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घरबारविहीन नागरिकको

अदालतको फैसलाले फिल्म रोकिएपछि कलाकारको असन्तुष्टि– सेन्सरबोर्डको औचित्य सकिएको हो ?

काठमाडौं – तीन दिनपछि रिलिज र प्रिमियरको तयारीमा रहेको फिल्म

‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना : १३ महिनामा ५० प्रतिशत भौतिक प्रगति

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकामा निर्माणाधीन ‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना निर्माण

सरकारी प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर, मुख्य आरोपी गौली पक्राउ, हालसम्म १३ जना हिरासतमा

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सार्वजनिक खरिद अनुगमन