उपासनासँग सहकार्य गर्ने धिरजको इच्छा ‘खुस्मा’मा पूरा ! | Khabarhub Khabarhub

उपासनासँग सहकार्य गर्ने धिरजको इच्छा ‘खुस्मा’मा पूरा !


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धिरज मगर र उपासना सिंह ठकुरीको शीर्ष भूमिका रहेको फिल्म ‘खुस्मा’ असोज ३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

धिरज र उपासनाको यो पहिलो सहकार्य हो । यसमा उनीहरू प्रेमी र प्रेमिकाको भूमिकामा रहेको ट्रेलरबाट बुझ्न सकिन्छ ।

छायांकनका  दैरान खिचिएका प्रेमिल तस्बिर उपासनाले समाजिक सञ्जालमा राखेपछि उनीहरुको प्रेम सम्बन्धको ‘गसिप’ले पनि चर्चामा छ ।

प्रेम प्रसंगको प्रश्नले लर्बराए पनि उपासनाले उक्त कुरा स्वीकार गरेकी छैनन् । यस विषयमा धिरज पनि मौन छन् ।

यो फिल्ममा धिरजभन्दा पहिला उपासना अनुबन्ध भएकी हुन् । आफैँले नायकको भूमिकामा धिरजलाई सिफारिस गरेको उपासना बताउँछिन् ।

यद्यपि उनकै सिफारिसले मात्रै धिरज फाइलन भएका होइनन् । निर्देशक एवम् लेखक अशोक थापा भन्छन्, ‘मैले धिरज र उपासनालाई सम्झेर फिल्म लेखेको हुँ । उपासनाले सोध्दा पनि धिरज ठीक हुन्छ भनेको थियो ।’

धिरज र उपासनाको साथमा निर्देशक अशोक थापा

धिरजलाई पनि उपासनासँग सहकार्य गर्न मन रहेछ । धिरजकाअनुसार ५ वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘कबड्डी–३’ देखि हेरेपछि उपासनासँग सहकार्य गर्ने इच्छा पलाएको हो ।

भन्छन्, ‘कबड्डीमा देख्नेबित्तिकै मलाई ऊसँग क्षमता छ भन्ने लागेको थियो । पछि कुनै प्रोजेक्ट गरियो भने ऊसँग मेरो जोडी मिल्छ होला भन्ने लागेको थियो ।’

खुस्माबाट धिरज र उपासनाको एकअर्कोबीच सहकार्य गर्ने इच्छा सफल भएको छ । यो रिल जोडीलाई दर्शकले कत्तिको मन पराउँछन् ? त्यो हेर्न भने असोज ३ गते कुर्नुपर्नेछ ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ५ : २२ बजे

हितेन्द्रदेव शाक्यको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले

कञ्चनपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिका–८ आमथलास्थित भित्री सडकखण्डमा आज दिउँसो

झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा

झापा – शिवसताक्षीस्थित दुधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकप

निकोलस भुसालको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं – विवादित अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका निकोलस भुसालको

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति युएईबाट पक्राउ

काठमाडौं – ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस