एनपीएलमा पोखरा सबैभन्दा मंहगो मूल्यमा बिक्री « Khabarhub

एनपीएलमा पोखरा सबैभन्दा मंहगो मूल्यमा बिक्री


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल)का ८ फ्रेन्चाइजीको मालिक बोलकबोलबाट तय गरेको छ ।

बिहीबार भएको बिडिङमा नेपाल टी ट्वान्टी प्रालीले पोखराको फ्रेन्चाइजीका लागि सबैभन्दा बढी रकम खर्च गरेको छ ।‌ नेपाल टी ट्वान्टीले पोखरा टिमको स्वामित्व ३ करोड ५७ लाखमा किनेको हो ।

त्यस्तै काठमाडौं फ्रेन्चाइजीका लागि कान्तिपुर पब्लिकेसनले दोस्रो धेरै ३ करोड ३३ लाख ३ हजार ३३९ रुपैयाँ खर्च गरेको छ ।

त्यस्तै एनपिएलको अर्को टिम जनकपुरका लागि तेस्रो धेरै रकम खर्च गरिएको छ । फ्रेन्चाइजी जनकपुरका लागि ड्रिम स्पोर्ट्सले २ करोड ५ लाख खर्च गरेको छ ।

त्यस्तै लुम्बिनी फ्रेन्चाइजलाई लागि फोर्चुन हेल्थ केयरले एक करोड ८६ लाख ४ सयमा किनेको छ । यता चितवन टिमका लागि चितवन मेडिकल कलेज (सिएमसी)ले १ करोड ७६ हजार १ हजार खर्च गरेको छ ।

त्यस्तै इम्पियर स्पोर्टसले सुदुरपश्चिमको फ्रेन्चाइजीको स्वामित्व १ करोड ६८ लाख ८८ हजार ८८८ मा किनेको छ । त्यसैगरी अर्को टिम विराटनगरको स्वामित्व भने एमएडी ड्रिम स्पोर्टसले १ करोड ५१ हजारमा किनेको छ ।

त्यस्तै कर्णाली फ्रेन्चाइजीको स्वामित्व भने हिमालयन बुल्डर्सले १ करोड ११ लाख ७० हजारमा किनेको क्यानले जानकारी दिएको छ । एनपिएल मंसिर १५ देखि पुष ६ गतेसम्म‌ हुने क्यानले यस अघि नै जानकारी दिइसकेको छ ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ८ : ५० बजे

नर्वे पराजित भएपछि रेफ्रीमाथि हालान्डका बुबाको आक्रोश

काठमाडौँ – नर्वेली स्ट्राइकर एर्लिङ हालान्डका बुबा अल्फ–इन्गे हालान्डले इङ्गल्यान्डविरुद्धको

स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनालाई सुरुवाती अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता

यी भूभागमा धेरै ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

स्विट्जरल्यान्डविरुद्ध मेसीको जादू चल्ने आस

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनल खेलमा आज

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक