बीपी राजमार्गको विकल्पमा महाभारत पर्यटन मार्ग बनाऔं : सांसद श्रेष्ठ  « Khabarhub

बीपी राजमार्गको विकल्पमा महाभारत पर्यटन मार्ग बनाऔं : सांसद श्रेष्ठ 


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बागमती प्रदेशका सांसद तथा पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले विपी राजमार्गको विकल्पको रुपमा ‘महाभारत पर्यटन मार्ग’ बनाउनु जरुरी भइसकेको बताएका छन् ।

उनले गत असोज ११ र १२ गतेको बाढी, पहिरोले बनेपा-बर्दिबास बीपी राजमार्गको रोसीखोला र सुनकोसी खण्डमा ठुलो क्षति पुर्‍याएको भन्दै यस विपत्तिले सो राजमार्गको विकल्प खोज्न प्रेरित गरेको बताए । 

उनले काठमाडौँ उपत्यकाबाट पूर्व जोड्ने विकल्पको रुपमा ललितपुर, काभ्रे, सिन्धुली, उदयपुर हुँदै चतरासम्म वैकल्पिक मार्गको रूपमा ‘महाभारत पर्यटन मार्ग’ बनाउनुपर्नेमा जोड दिए । यसका लागि उनले नेपाल सरकारलाई पटक-पटक ध्यानाकर्षण गराएको पनि उल्लेख गरे ।

आ.व. २०८०-०८१ को नीति कार्यक्रममा योजना समावेश गरि बजेट विनियोजन गराउन तत्कालीन उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष माग गरिएको भएपनि सुनुवाइ नभएको उनको भनाइ छ । 

त्यसपछिका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई समेत आग्रह गरिएको भएपनि उनीहरूले यश मार्गको महत्त्व नबुझेको सांसद श्रेष्ठले बताए ।

यश मार्गले काठमाडौं उपत्यका–काभ्रे–सिन्धुली–उदयपुर हुँदै सुनसरी जिल्लाको बरहाक्षेत्रसम्मको महाभारत श्रृंखलालाई जोडने उनले बताए । उनका अनुसार  यस मार्ग ललितपुरको ग्वार्को, लाकुरी भञ्ज्याङ्ग, काभ्रेको पनौती, बेथान चोक, ढुंखर्क, कामीडाँडा, साँगापोट, सिपाली, जुकेपानी, सिन्धुलीको सातदोबाटो, बन्दिपुर, सिन्धुलीगढी, खनियाँखर्क, धापचौकी, कालीमाटी, बाहुनतिल्पुङ्ग, महादेवडाँडा, उदयपुरको तिनखण्डे गँहुवारी, बेतिनी, राउतखर्क, ओख्ले, चिसापानी, ताप्ली, माझखर्क, पुँवारे, रौता साउँने, चौदण्डीगढी हुँदै सुनसरीको चतारासम्म पुर्‍याउन सकिने छ । 

करिब  ३०० कि.मि.को यस मार्गले आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन, कृषि लगायतका क्षेत्रमा  योगदान पुर्‍याउने उनको भनाइ छ ।

सांसद श्रेष्ठले ग्वार्कोदेखि ढुंखर्कसम्मको सडक कालोपत्रे भैसकेको र बाँकी खण्डको अधिकांश भागमा समेत ट्रयाक खुलेको अवस्था रहेको भन्दै आर्थिक दृष्टिले पनि सस्तो पर्ने बताए । 

उनले महाभारत क्षेत्रमा बसाइँसराइको समस्या तीव्र रहेको भन्दै महाभारत पर्यटन मार्ग बनेमा सो क्षेत्रको बसाइँसराइ रोकिने विश्वास व्यक्त गरे । सडकको दायाँबायाँ अधिकांश ठाउँमा लिंकरोड बनिसकेकाले भन्दै उनले सो क्षेत्रका कृषि उत्पादन सिधै काठमाण्डौं उपत्यकामा ल्याई लाखौं कृषकहरुको जीवनस्तर बदल्न सकिने पनि बताए ।

सांसद श्रेष्ठले विपी र पुष्पलाल राजमार्ग अवरुद्ध भएको बेला काठमाडौँ उपत्यकाबाट पूर्व जोड्न महाभारत पर्यटन मार्गले मेरुदण्डको काम गर्ने भन्दै यसलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा विकास गर्न सरकारको ध्यानाकर्षण गराएको बताए ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  १ : १५ बजे

राष्ट्रपति पौडेलद्वारा निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की नियुक्त

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौं महानगरपालिकासँग सहकार्य

कुवेतको चिनियाँ कम्पनीमा इरानी आक्रमण : एकजना नेपालीको मृत्यु

काठमाडौं– पश्चिम एसिया युद्धको असर वैदेशिक रोजगारीमा रहेका नेपालीमा पनि

सुनसरीको तनाव सिरहा सर्‍यो, ठाउँ ठाउँमा आगजनी (तस्बिरहरू)

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप