बाढीपहिरो प्रभावित जिल्ला/पालिकालाई गृहमन्त्रीको आग्रह- लाभग्राही पहिचान गरि पठाउनू | Khabarhub Khabarhub

बाढीपहिरो प्रभावित जिल्ला/पालिकालाई गृहमन्त्रीको आग्रह- लाभग्राही पहिचान गरि पठाउनू


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो र डुबान लगायत प्रभावित जिल्ला–पालिकाहरुलाई चाँडो भन्दा चाँडो लाभग्राही पहिचान गरि पठाउन आग्रह गरेका छन् ।

शनिबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले लाभग्राही पहिचान भएर आएको तीन दिनभित्र अस्थायी आवास बनाउन रकम उपलब्ध गराउन सक्ने बताए । उनले विपद्मा ठुलो जनधनको क्षति भएकोमा सरकारको गम्भीर रूपले ध्यान आकृष्ट भएको बताए ।

मृतकका परिवारलाई दुई लाख राहत दिने निर्णय गरेर सम्बन्धीत जिल्लामा रकम पठाएर घरमै पुगेर वितरण गरिरहेको र घाइतेहरूको पनि अस्पतालमा निःशुल्क उपचार अघि बढेको उनले बताए । बाढीपहिरो प्रभावित पालिकाहरूलाई सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेकोले त्यसमा राज्यले सम्पूर्ण ध्यान केन्द्रीत गरेको जानकारी दिए ।

सो क्रममा गृहमन्त्री लेखकले ग्रामीण भेगमा नागरिकहरूको स्वास्थ्य उपचारका लागि आपतकालीन हेलि उद्धार तथा संरक्षणको मागसहित एक महिनाअघि आमरण अनशन बस्नुभएका तेह्रथुमका ४२ वर्षीय दीपक सिलवालसंग सहमति गर्दै जुस खुवाएर अनशन अन्त्य गराएका थिए ।

 गृहमन्त्री लेखकले अनशनरत सिलवालले उठाएका विषय सरकारले गम्भीर रुपमा लिएको बताए । 

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ६ : ०८ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ