यो वर्ष १४ सचिवसहित २११९ सरकारी कर्मचारी अवकाशमा जाँदै « Khabarhub

यो वर्ष १४ सचिवसहित २११९ सरकारी कर्मचारी अवकाशमा जाँदै


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं चालु आर्थिक वर्ष ०८१-०८२ मा नेपाल सरकारका १४ जना विशिष्ट श्रेणी (सचिव) का कर्मचारीहरू सेवानिवृत्त हुँदै छन् । चालु आर्थिक वर्षको सुरुवातदेखि अहिलेसम्म दुई जना विशिष्ट श्रेणीका कर्मचारीहरू पनि सेवानिवृत्त भइसकेका छन् । 

सेवानिवृत्त भइसकेका सचिवहरूमा लीलादेवी गड्तौला र तोयनारायण ज्ञवाली रहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव रहँदा गड्तौला मुख्य सचिवमा बढुवा भएर उमेर हदका कारण अवकाश गएकी हुन् । ०८१ फागुनमा अवकाश पाउने तर्खरमा रहेका सचिव एकनारायण अर्याल मुख्य सचिव भएसँगै उनको कार्यकाल तीन वर्ष थपिएको छ । 

यस्तै सचिव ज्ञवाली राष्ट्रिय योजना आयोगको सचिवालयबाट गत भदौ २२ सेवानिवृत्त भएका थिए भने गड्तौलाले गत भदौ १५ मा अवकाश पाएकी थिइन् । नेपाल कानून आयोगका सचिव तोयनाथ अधिकारीले पनि अवकाश अवधि आउनुअघि नै राजीनामा दिइसकेका छन् । 

चालु आर्थिक वर्षमा अवकाश हुन लागेका विशिष्ट श्रेणीका कर्मचारी 

 चालु आर्थिक वर्ष०८१-०८२ मा रा.प. प्रथम श्रेणी (सहसचिव) हरू ८३ जना, रा.प. द्वितीय श्रेणी (उपसचिव) हरू १७७ जना र रा.प. तृतीय श्रेणीका २५३ जना सेवा निवृत्त हुने सूचीमा छन् । जसमध्ये केही अवकाश गइसकेका छन् । 

यसैगरी ११ औं तहका ६, १० तहका २६ जना, नवाैँ तहका १२ जना, आठौं तहका ७९, छैटौं तहका २२३, पाँचौं तहका २०४, चौथो तहका १७ र श्रेणीविहीन ६४१ कर्मचारीहरू चालु आर्थिक वर्षमा अवकाश जाँदै छन् । 

चालु आर्थिक वर्ष ०८१-०८२ भित्र अवकाश जानेमा राजपत्र अनंकित प्रथम श्रेणीअन्तरगत १८८ जना कर्मचारी पनि सेवानिवृत्त हुँदैछन् । राजपत्र अनंकित द्वितीय श्रेणी, तृतीय श्रेणी र अन्य श्रेणीका पनि थुप्रै कर्मचारीहरूको नाम अवकाश जानेमा सूचीमा समावेश छ । ठूलो सङ्ख्यामा कर्मचारी अवकाशमा गएसँगै पेन्सनमा पर्ने दबाबका कारण सरकारमाथि ठूलो वित्तीय भार थपिने निश्चित छ । 

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ४ : १८ बजे

भक्तपुरका नागरिकसँग महेश बस्नेतको प्रतिबद्धता- अधुरा विकास योजना पूरा गर्नेछु

काठमाडौं– नेकपा (एमाले)का सचिव महेश बस्नेतले भक्तपुरको अधुरा विकास योजनाहरू

कांग्रेसमा स्थानीय तह बलियो बनाउने अभियान सुरु भएको छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब स्थानीय तह बलियो

युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन र रुसबीच लागू भएको

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा दुई हजारभन्दा बढी कर्मचारी खटाइने

कञ्चनपुर– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका

नीति निर्माणका लागि कांग्रेस महामन्त्री पौडेलबाट सुझाव माग 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ५ का