लेबनानमा मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसङ्घको चेतावनी « Khabarhub

लेबनानमा मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसङ्घको चेतावनी


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– मानवीय मामिला समन्वयका लागि राष्ट्र सङ्घीय कार्यालय (ओसिएचए) ले लेबनानको  मानवीय अवस्था बढ्दो वैमनस्यताको बीचमा बिग्रदै गएको जनाएको छ ।  

यस क्षेत्रको स्वास्थ्य सेवाले निरन्तर आक्रमणको सामना गरिरहेको र कर्मचारी तथा स्रोत अभावले लेबनानको  नाजुक स्वास्थ्य पूर्वाधारमा थप तनाव आइरहेको  संयुक्त राष्ट्रका प्रवक्ता स्टेफन डुजारिकले बताएका छन् ।  

उनले दक्षिणी लेबनानको बिन्ट जेबिल जिल्लाको टेबिन सरकारी अस्पताल नजिकै इजरायली हवाई आक्रमणले अस्पतालमा क्षति पुर्‍याउदा, दर्जनौं मानिस घाइते हुनुका साथै अस्पतालमा क्षति पुर्‍याएको जनाएका छन्।  

सन् २०२३ अक्टोबर देखि लेबनानमा भएका स्वास्थ्य केन्द्र लक्षित ६० वटा  आक्रमणमा ११० जना स्वास्थ्य सेवाकर्मीको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।  

उनले लेबनानमा संयुक्त राष्ट्रसङ्घका सैन्यलगायतका सुविधाहरू अझै पनि आक्रमणबाट प्रभावित रहेको पुष्टि गर्दै  राष्ट्रसङ्घको शान्ति सेनाहरूको रक्षा गर्न सबै पक्षहरूलाई आह्वान गरेका छन् ।  

सन् २०२३  अक्टोबर देखि लेबनान इजरायली आक्रमणको सिकार भएको छ, तर सेप्टेम्बर २०२४ को अन्त्य देखि, इजरायलले  आक्रमणको गति बढाउदा हजारौं लेबनानीहरूले मृत्युवरण गरेको  स्रोतले जनाएको छ । 

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ४ : ३४ बजे

बादलले मर्ज गरे शंकरको प्रतिवेदन, नेतृत्व परिवर्तनको विषय हटाएर पार्टीमा लगिँदै

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली नेतृत्व परिवर्तनको विषयलाई

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ

‘राइट टु रिकल’ कार्यान्वयनका लागि रास्वपा कार्यदलले थाल्यो काम

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयनका लागि

पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार

इस्लामावाद- पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा