आजका समाचार : रविको म्याद थपिँदा मनाङे दोषी, देशभर छठको रौनक र ट्रम्प र ह्यारिसबीच कडा टक्कर | Khabarhub Khabarhub

आजका समाचार : रविको म्याद थपिँदा मनाङे दोषी, देशभर छठको रौनक र ट्रम्प र ह्यारिसबीच कडा टक्कर


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

रविलाई थप १० दिन हिरासतमा राख्ने अनुमति
सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ।

तिहार बिदा सकिएपछि लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो । अदालतले तिहार बिदाको ५ दिन उधारो हिरासतसहित जोडेर कात्तिक २३ गतेसम्मका लागि प्रहरीलाई अनुसन्धानको अनुमति दिएको हो ।


जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले खबरहबलाई बताएअनुसार अब रविलाई कात्तिक १५ देखि लागु हुने गरी १० दिनको म्याद थपिएको छ ।

जिल्ला प्रहरी कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत रविविरुद्ध अनुसन्धानका लागि थप २५ दिन समय मागेको थियो । जसमा तिहार बिदाको ५ दिन काट्दा अदालतले दिएमा रविले अझै २० दिन अर्थात् मंसिर १० गतेसम्म हिरासतमा बस्नुपर्ने हुन्थ्यो। अदालतले १० दिनको मात्रै अनुमति दिएको हो ।

रविको हिरासत बास लम्बिएपछि छलफलमा रास्वपा नेताहरू

रविको ५ दिने ‘उधारो हिरासत’ म्याद थप हुँदा जोडिने

ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट दीपक मनाङे दोषी ठहर, पाँच वर्ष कैद

कति लम्बिएला रविको हिरासत बसाइ ? प्रहरीले माग्यो थप २५ दिन

पोखरामा रास्वपाको प्रदर्शन, प्रहरीबाट अश्रुग्यास प्रहार

राजस्व संकलनमा थप मेहनत आवश्यक : अर्थमन्त्री
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा थप मेहनत गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

अर्थ मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूको बैठकमा अर्थमन्त्री पौडेलले औसत भन्दा माथि उठेर काम गर्न र मातहतका कर्मचारीहरूलाई काममा लगाउन निर्देशन दिएका हुन् ।


सामान्य अवस्थाको कामले नतिजा पनि सामान्य आउने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले गत सालको यही अवधिको तुलनामा १३ प्रतिशत राजस्व वृद्धिमा चित्त बुझाएर बस्ने अवस्था नरहेको बताए ।

संविधान र राष्ट्रको हितलाई ध्यान दिई कानुन अनुसार करदातासँग राजस्व संकलन गर्नुपर्ने धारणा व्यक्त गर्दै अर्थमन्त्री पौडेलले समस्यालाई तत्काल सम्बोधन गर्न पनि निर्देशन दिए ।

प्रमुख सूचना आयुक्तमा सुरेशप्रसाद आचार्य सिफारिस

सिकलसेल उपचारका लागि भेरी अस्पतालमा छुट्टै वार्ड स्थापना गरिने

वडा तहदेखि पार्टीलाई क्रियाशील बनाउनुपर्छ : कृष्णप्रसाद सिटौला

पञ्चेश्वर परियोजनाको ‘डिपिआर’ शीघ्र पूरा गर्न आग्रह

एकीकृत समाजवादीमा ‘एक पद एक व्यक्ति’ को संरचना तयार हुँदै

ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीबीच भेट

स्वास्थ्यमन्त्रीले गरे गजेन्द्रनारायण सिंह अस्पतालको निरीक्षण

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चीन भ्रमणमा जाँदै

मिथिलाञ्चलमा छठको रौनक
मिथिलाञ्चलमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व आजबाट सुरु भएको छ। छठपर्वको मंलबार पहिलो दिन व्रतालुहरूलाई व्रत संकल्प गरी स्नान गरेर चोखो नितो खाएर छठपर्वको सुरुवात गरेको हो।

कार्तिक शुक्ल चौथी देखि सप्तमीसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट सुरु गरिन्छ। शुक्रबारसम्म मनाइने छठ पर्वको तयारी सिरहासहित तराईका जिल्लाहरूमा चलिरहेका छन् ।

मुलतः सूर्यदेवको उपासना गरिने छठ पर्वको पहिलो दिन व्रतालुहरुले व्रत सङ्कल्प गरेर स्नान गरेर चोखो नितो खाएका छन् ।

मेची–महाकाली राष्ट्रिय यात्रा  

पृथ्वी राजमार्गको ६३ किमी कालोपत्र सम्पन्न

कालिजपालनबाट वार्षिक १२ लाख आमदानी

डेंगुको प्रकोप बढ्दै, गण्डकीका ६ जिल्लामा उच्च जोखिम

कारसहित पोखरीमा खसेका दुईजनाको शव निकालियो

काबेली करिडोर प्रसारण लाइन पुनः निर्माण सम्पन्न

यी सात ‘स्विङ स्टेट’ : जसमा टिकेको छ ट्रम्प र ह्यारिसको भाग्य
अमेरिकी राष्ट्रपति चुनावमा देशका सात स्विङ्ग राज्यले डेमोक्रेटिक र रिपब्लिकन पार्टीको मुस्किल बढाइरहेका छन् ।

यी सात राज्यमा दुवै दलका प्रत्याशी डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीच कडा टक्कर चलिरहेको छ । अन्य ४३ राज्यको मतको हिसाब किताब करिब टुंगिसक्दा अब यी दुई उम्मेदवार यी सात स्विङ्ग स्टेटका मतदाता फकाउन लागेका छन् ।


दुईजनाबीच हार जीतको अन्तर पनि इतिहासमै सबैभन्दा झिनो हुने अनुमान छ । अन्तिम अवस्थामा यी सात स्विङ्ग स्टेटका मतदाता जता ढल्किन्छन् राष्ट्रपति पनि उही हुने करिब पक्का छ । यही कारण अहिले ट्रम्प र ह्यारिसले यी सात राज्यमा आफ्नो पूरा शक्ति लगाएका छन् ।

अमेरिकी निर्वाचनमा ४३ वटा राज्यको मतलाई निलो र रातोमा चित्रित गरेर दुई उम्मेदवारको हिसाब किताब भइसकेको छ । अब सात स्विङ्ग स्टेटले कमला र डोनाल्डले भाग्य तय गर्नेछन्

अमेरिकी राष्ट्रपतिको तलब कति ?

यसरी छानिन्छन् संसारकै शक्तिशाली व्यक्ति

अमेरिकाले ताइवानलाई २ अर्ब डलर बराबरको हतियार बेच्ने

अन्तिम दिनको अमेरिकी चुनावको सर्वेक्षण : मिचिगन र पेनेसेल्भिनिया निर्णायक

लेबनानमा मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसङ्घको चेतावनी

गाजामा भएको इजरायली हमलामा चार जनाको मृत्यु

भारतीयमूलकी कमला :पुर्ख्यौली गाउँ थुलासेन्द्रापुरममा गरिँदैछ जितको कामना

 निर्वाचनको अन्तिम दिन पनि ट्रम्पको विवादास्पद अभिव्यक्ति

पाकिस्तानमा आठ महिनादेखि तलब नपाएका शिक्षक आन्दोलित

गोप्य सूचना मिडियालाई दिएको आरोपमा नेतान्याहुका सहयोगी पक्राउ

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ७ : ५८ बजे

सन् २०२४ मा स्पेन जाने क्रममा हजारौँ आप्रवासीको हताहत

म्याड्रिड– सन् २०२४ मा समुद्री मार्ग हुँदै स्पेन पुग्ने क्रममा

अर्थसंक्षेप : एनसेलको शेयर बिक्री रोक्न हालेको रिट खारेज, कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का

काठमाडौं– एनसेलको शेयर बिक्री रोक्न अमरेशकुमार सिंहले हालेको रिट खारेज

ज्येष्ठ नागरिकको योगदान र भूमिकालाई कदर गर्नुपर्छ : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले ज्येष्ठ नागरिकहरूको योगदान

रविसँग तीन घण्टा बयान, सहकारी ठगीमा संलग्न नभएको जिकिर

पोखरा- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा गत

शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपातको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले