आजका समाचार : चीनबाट फर्किए प्रधामन्त्री, एमाले सांसदलाई अर्को संकट र एनपीएलमा सुदूरपश्चिम र जनकपुरको लगातार जीत | Khabarhub Khabarhub

आजका समाचार : चीनबाट फर्किए प्रधामन्त्री, एमाले सांसदलाई अर्को संकट र एनपीएलमा सुदूरपश्चिम र जनकपुरको लगातार जीत


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

बीआरआईबारे ओली : न ऋण भन्छन्, न अनुदान !

प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेकी मुलुक चीन भ्रमण गरी बिहीबार अपराह्न काठमाडौं फर्किए ।

स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमै पत्रकार सम्मेलन आयोजना गरी ओलीले चीनसँग भएको ‘फ्रेमवर्क अफ बीआरआई कोअपरेसन’ सम्झौता ऋणकेन्द्रित नभएको दाबी गरे ।


दुई दिनअघि मंसिर १८ मा नेपाल र चीनले संयुक्त वक्तव्य जारी गरिसकेपछि भोलिपल्ट बुधबार मात्रै नेपालले चीनको बेल्ट एण्ड रोड इनिसिएटीभ (बीआरआई) सहकार्य फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरेको थियो ।

अनुदान अपेक्षा गरिरहेको नेपाल र ऋण देखाइरहेको चिनियाँ अधिकारीहरूबीच बेइजिङमा दुई दिन लामो रस्साकस्सीपछि ‘एड असिस्टेन्स फाइनान्सिङ’ शब्द राखेर सो सम्झौता भएको थियो ।

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

चीन भ्रमण सकेर प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

उद्योगमन्त्री भण्डारी स्वदेश फिर्ता

उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी जोशीबीच भेटवार्ता

महिलाविरुद्धको हिंसा सह्य हुँदैन : गृहमन्त्री

मानव तस्करीमा उन्मुक्तिपछि एमाले नेता अधिकारीलाई मुद्दा चलाउन सर्वोच्चमा रिट

कानून संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउँछौँ : अर्थमन्त्री

काठमाडौं गुर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्स ७३ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ ।

सुदूरपश्चिमले काठमाडौंलाई ७३ रनले पराजित गरेको हो । यससँगै सुदूरपश्चिमले एनपीएलमा लगातार दोस्रो जित निकालेको छ । सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा दिएको १६८ रनको मध्य चुनौती पछ्याएको काठमाडौं १५।५ ओभरमै अलआउट हुँदै ९४ रनमा सीमित भएको हो ।

गेर्हार्ड काठमाडौंका लागि सर्वाधिक रन जोड्ने ब्याटर हुन् । उनले ३३ बलमा ३७ रन जोड्न ५ चौका र १ छक्का प्रहार गरेका थिए ।

१८ वर्षीय नरेन : पहिलो खेलमै ५ विकेट, धारिलो बलिङले काठमाडौं निरीह

चलेनन् काठमाडौंका ओपनर, बनाउन सकेनन् दोहोरो रन

 पोखराले जनकपुरलाई दियो १३९ रनको चुनौती : ललितले लिए तीन विकेट

काठमाडौंलाई दोस्रो आभेरमै झट्का, माइकल लेभिट आउट

जित्यो जनकपुरले (तस्बिरहरू)

एनपीएल : जनकपुरविरुद्ध सुरुमा ब्याटिङ गर्दै पोखरा

कुशल ‘फ्लप’ हुँदा दबाबमा पोखरा, दुवै खेलमा फराकिलो पराजय

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित
नेकपा माओवादीले पार्टीको भ्रातृ सङ्गठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा आज बसेको पदाधिकारी बैठकले सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो ।


नयाँ नेतृत्वका लागि यही मङ्सिर २३ र २४ गते अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन तय भएको थियो ।

तत्कालका लागि सम्मेलन स्थगित गरिए पनि मङ्सिर २७ गते बस्ने स्थायी कमिटी बैठकले निर्णय गर्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

रविलाई रातारात चितवनबाट पोखरा लगियो

मन्त्री यादवको निर्देशन- नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्नू

ग्रामीण दूरसञ्चार विकास कोष कार्यान्वयन गर्न निर्देशन

विद्युत् प्राधिकरण हेटौँडाका सात करोड बराबरका सामान गायब

विवाहपञ्चमी महोत्सवको पाँचौँ दिन आज मटकोर विधि सम्पन्न

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत
भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले समग्रमा ७० प्रतिशत काम सम्पन्न भएको जनाएको हो ।

आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार अहिले केवल बिछ्याउने कार्य र घरघरमा जडान कार्य (सर्भिस कनेक्सन)को काम बाँकी रहेको छ ।

अहिले शहीदचोक र पुलचोक क्षेत्रमा काम भइरहेको उनले बताए। निर्माण कार्य तीव्र पारिएकाले सन् २०२५ को जुलाईसम्म काम सक्ने गरी कार्ययोजना निर्माण गरेर काम गरिएको छ ।

पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा

झापामा धानको समर्थन मूल्य निर्धारण

तनहुँको बागेश्वरी सडक दश दिनका लागि बन्द

पाल्पामा सुन्तला महोत्सव हुँदै

एक करोड बढीको लगानीमा बाख्रापालन

बोक्से–सिगाना खण्डमा स्तरोन्नति सम्पन्न

रामेछापको सुन्तलाले बजार पाएन

दक्षिण कोरियाका निवर्तमान रक्षा मन्त्री किममाथि भ्रमण प्रतिबन्ध
दक्षिण कोरियाका निवर्तमान रक्षा मन्त्री किम योङ हानमाथि भ्रमण प्रतिबन्ध लागेको छ । बिहीबार बिहान मात्र राष्ट्रपति योलबाट राजीनामा स्वीकृत भएपछि पदमुक्त भएका उनलाई प्रहरीले प्रतिबन्ध लगाएको हो ।

किम भागेर अन्य स्थानमा जाने सम्भावनालाई दृष्टिगत गर्दै सो निर्णय गरिएको प्रहरी अधिकारीहरूले जनाएका छन् । मंगलबार राष्ट्रपतिले सैन्य शासनको घोषणा गर्नका आफू पनि जिम्मेवार रहेको स्वीकार गर्दै उनले माफी सहित राजीनामा दिएका हुन् ।

दक्षिण चीनमा रेलमार्ग निर्माणस्थल भत्किँदा १३ जना बेपत्ता

न्यूयोर्कको ठुलो होटेलमै रहस्यमय हत्या

फ्रान्सका प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पारित

अमेरिकी बीमा कम्पनीका सीईओको गोली हानी हत्या

 

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  ७ : ५६ बजे

‘मण्डलेले पिट्दा पनि नमरेको दिनेश त्रिपाठी फलामले बनेको मान्छे हो’

काठमाडौंं– चर्चित एवं बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी संवैधानिक कानूनका विज्ञ

भद्रपुरमा शून्य खनजोतमा मकैखेती

झापा – यहाँस्थित भद्रपुर नगरपालिकाले नवीनतम कृषि प्रविधि प्रदर्शनी कार्यक्रमअन्तर्गत

व्यावसायिक बाख्रापालनमा आकर्षित गर्न ‘बाख्रा दिवस’

तनहुँ – किसानलाई व्यावसायिक बाख्रापालनमा आकर्षित गर्ने उद्देश्यले ‘पोषिलो आहार,

डोरबहादुर बिष्टको ‘रिपोर्ट फ्रम ल्हासा’ अब नेपाली भाषामा

काठमाडौं – समाजशास्त्री डोरबहादुर बिष्टको चर्चित अंग्रेजी किताब ‘रिपोर्ट फ्रम

रुकुम पश्चिममा रुखले च्यापेर एकको मृत्यु, एक जना घाइते

रूकुम पश्चिम – रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा रूखले च्यापेर एक