‘खुट्टा तान्दै गर’ टीभीमा प्रतिबन्ध हुँदा... | Khabarhub Khabarhub

‘खुट्टा तान्दै गर’ टीभीमा प्रतिबन्ध हुँदा…


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वरिष्ठ गायिका कुन्ती मोक्तान संगीत क्षेत्रमा लागेको साढे चार दशक भयो । उनी यस क्षेत्रमा लाग्दा अहिलेका धेरै गायक-गायिका जन्मिएका थिएनन् ।

अझ आफू नजन्मदै कुन्तीले स्वर दिएको गीत रियालिटी शोमा गाएर स्थापित गायक-गायिका बनेका पनि भेटिन्छन् ।

कुन्तीले दशकौँ अघि गाएका गीत अहिले पनि जीवन्त छन् । एउटा घरको तीन पुस्ताले नै गुनगुनाउने गीतमा उनले स्वर दिएकी छन् । उनका त्यस्ता गीतको सूची लामो छ तर, कुरा गरौँ– ‘खुट्टा तान्दै गर’को

बीचमा केही समय हराएको तर पछिल्लो समय रियालिटी शो र विभिन्न कारणले चर्चामा आएको कुन्तीको यो गीत सन् २००० मा सार्वजनिक भएको ‘कृति’ एल्बमको हो ।

मायाप्रेममा आधारित गीत बजारमा आइरहेको बेला उनले गीतकार बुद्धवीर लामालाई फरक शैलीको लेख्न आग्रह गरेका कारण यो गीत तयार भएको कुन्ती बताउँछिन् ।

कुन्ती खबरहबसँग भन्छिन्, ‘म आफैँले बुद्धवीर लामा ज्यूलाई मायाप्रेम धेरै भयो । अब फरक लेखिदिनुस् भनेर आग्रह गरेकै कारण उहाँले यो गीत लेखेर ल्याइदिनुभएको हो ।’

सबै गीत हिट भएको कुन्तीको एक एल्बम ‘कृति’ पनि हो । तर यस एल्बमको ‘खुट्टा तान्दै गर’ भन्ने गीत नेपाल टेलिभिजनले प्रतिबन्ध लगाएको गीत हो ।

कुन्ती भन्छिन्, ‘त्यस बेला देशको अवस्था नै त्यस्तै थियो । यो गीत राजनीतिक भयो भनेर नेपाल टेलिभिजनले प्रतिबन्ध लगायो । तर प्रतिबन्धले अन्य असर भने परेन ।’

राजनीतिक कारणले प्रतिबन्ध लागेपछि निर्माण पक्षले यो गीतलाई नृत्यमा ढालेको उनी बताउँछिन् । उनी थप्छिन्– ‘खुट्टा तान्दै गर’ भन्ने शब्दमा आपत्ति थियो । हामीले दर्शकको ध्यान अन्त मोड्ने उद्देश्यले गीतलाई ‘डान्सएबल’ बनायौँ । अनि पछि प्रतिबन्ध हट्यो । टीभीमा पनि बज्यो ।

यो पनि…

कुन्ती मोक्तान : संगीतको सेवामा सपरिवार

 

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ७ : २३ बजे

राजेन्द्र बजगाईंको गुनासो- प्रतिशोध साँधेर मेरो होटलमा आगजनी गरियो

काठमाडौं– नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले प्रतिशोधीहरूले जेन–जी पुस्ताका आन्दोलनकारीलाई

पर्यटन क्षेत्रमा २५ अर्बको नोक्सानी, छिट्टै पुनरुत्थान हुने विश्वास

काठमाडौं– सुशासनलगायत विभिन्न मुद्दासहित जेन–जीले गरेको प्रदर्शनका कारण मुलुकले अपूरणीय

प्यालेस्टाइन कहिल्यै राष्ट्र बन्नेछैन : नेतन्याहू

एजेन्सी – इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूले प्यालेस्टाइन कहिल्यै स्वतन्त्र राष्ट्र

नयाँ सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य गर्न तयार : इप्पान

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नयाँ आन्तरिक

मुस्ताङको ४७० हेक्टर क्षेत्रफलमा आलुखेती

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा कूल ४७० हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै