बालुवाटारमा गठबन्धनका ४ दलको बैठक जारी : लोसपा र राजमोलाई सिट दिन कांग्रेस तयार भएन « Khabarhub

बालुवाटारमा गठबन्धनका ४ दलको बैठक जारी : लोसपा र राजमोलाई सिट दिन कांग्रेस तयार भएन


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रियसभामा सिट बाँडफाँटको विषय टुङ्ग्याउन प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनमा आबद्ध प्रमुख चार दलको बैठक बसिरहेको छ ।

बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेताहरुको बैठक बसिरहेको हो ।

बैठकमा कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र राष्ट्रिय जनमोर्चालाई सिट दिन तयार नभएको बुझिएको छ । त्यसअघि बालुवाटारमा नै बसेको गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुको बैठक बिनानिष्कर्ष सकिएको थियो ।

पछिल्लो समय गठबन्धनमा रहेका साना दल राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीले पनि १-१ सिट दाबी गरिरहेका छन् । बैठकमा आफ्नो दाबी प्रस्तुत गरेर राजमोका अध्यक्ष चित्रबहादुर केसी, जनमत पार्टीका अध्यक्ष सीके राउत र लोसपाका महन्थ ठाकुर बाहिरिएका छन् ।

नागरिक उन्मुक्ति पार्टी र जनमतलाई सिट दिन गठबन्धनका सबै दल तयार छन् । यद्यपि जनमोर्चा र लोसपालाई सिट दिन अन्य दल सकारात्मक देखिएपनि कांग्रेस र जसपा तयार देखिएका छैनन् ।

यो पनि…

राष्ट्रियसभा निर्वाचन : कसरी हुन्छ सिटको पँजनी ?

राष्ट्रियसभाको सिटमा मिलेन गठबन्धनको भागबन्डा

राष्ट्रियसभा निर्वाचनबारे राप्रपाले सत्ता गठबन्धनसँग छलफल गर्ने

 

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ८ : ४५ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले