लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ « Khabarhub

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

पोखरा– कास्की प्रहरीले लागूऔषध मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा–२० घर भई हाल दीप बस्ने २६ वर्षीय ऋतिक परियार रहेका छन्।

परियारलाई मंगलबार घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए।

जिल्ला अदालत कास्कीले असोज १५ गते उनलाई लागूऔषध मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो। फैसला लगत्तै उनी फरार रहेका थिए।

उनलाई जिल्ला अदालत कास्की उपस्थित गराई सजाय भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ७ : ५४ बजे

केप भर्डेका गोलकिपर भोजिन्हाको चिलीमा भव्य स्वागत

काठमाडौँ – फिफा विश्वकपमा देशलाई ऐतिहासिक सफलता दिलाएका केप भर्डेका

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

देशभर मनसुनको प्रभाव : केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

युएफसी फाइटर एलानको हृदयघातले निधन : युएफसीद्वारा शोक व्यक्त

काठमाडौँ – मिक्स मार्सल आर्ट्स (एमएमए) का चर्चित ब्राजिलियन फाइटर

रुसमा युक्रेनको ड्रोन आक्रमण: ७ जनाको मृत्यु, ४० घाइते

मस्को – दक्षिणी रुसको एक व्यस्त समुद्री किनारमा युक्रेनी ड्रोन