भुइँको टिप्न खोज्दा प्रचण्ड तनावमा, अर्थमा एमाले र गृहमा रास्वपाको दाबी « Khabarhub

भुइँको टिप्न खोज्दा प्रचण्ड तनावमा, अर्थमा एमाले र गृहमा रास्वपाको दाबी


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


8.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शेरबहादुर देउवासँगको गठबन्धन किन तोडे ? सतहमा आउने जवाफ हो– प्रकाशशरण महतलाई हटाएर आफ्नो दलबाट अर्थमन्त्री बनाउन खोज्दा शेरबहादुर देउवाले नमानेर ।

काङ्ग्रेससँगको सम्बन्ध टुटाएर एमाले, रास्वपाजसपासँग गठबन्धन कसेका प्रचण्ड नयाँ गठबन्धन बनेको पहिलो रातदेखि नै नयाँ तनावमा फसेका छन् । केपी ओलीसँग आवेशमा आएर गठबन्धन बनाए पनि महत्वपूर्ण मन्त्रालय कसले लिने, टुंगो छैन । नेपाली कांग्रेसले समर्थन फिर्ता लिइसकेको छ । यस्तै हो भने एक महिनाभित्र प्रचण्डलाई विश्वासको मत लिनसमेत हम्मेहम्मे पर्ने स्थिति देखा परेको छ ।

‘पल्टनियाँ आएसके, खानादाना तयार छैन’ भन्ने चिनियाँ नेता माओको भनाइजस्तै एमाले माओवादीबीच गठबन्धन बने पनि महत्वपूर्ण मन्त्रालयको समेत भागबन्डा मिलेको छैन । भागबन्डा नमिल्दा सोमबार तीनजनालाई विना विभागीय मन्त्री बनाइए पनि मंगलबार सर्वदलीय बैठकले टुंगो लगाउने भनिएको मन्त्रालयको भागबन्डा मिल्न सकेन । अन्ततः आफ्नो किंकर्तव्यविमूढ स्थितिलाई टार्नका लागि ओली र प्रचण्ड माधव नेपाललाई फकाउन कोटेश्वरतिर लागे ।

रोचक त के छ भने एमाले अध्यक्ष केपी शर्मा ओली वर्षमान पुनलाई अर्थमन्त्री मान्न तयार छैनन् । पुनले विगतमा एमाले–माओवादी गठबन्धन टुटाएर कांग्रेससँग गठबन्धन कसेको ओलीको बुझाइ छ । साथै सुनकाण्डका आरोपीसँग पुनको उसबस रहेको भन्दै ओलीले उनलाई अर्थमन्त्री बनाउन नहुने अडान प्रचण्डसमक्ष राखेका छन् । अर्थमन्त्रालय जस्तो महत्वपूर्ण जिम्मेवारी एमालेले पाउनुपर्ने ओलीको अडान छ ।

प्रधानमन्त्री प्रचण्ड भने यही अर्थमन्त्रालय आफूले राख्न नपाएर कांग्रेसबाट बिच्किएका हुन् । पार्टीभित्रको सन्तुलन मिलाउनका लागि पनि प्रचण्डले वर्षमानलाई अर्थमन्त्री बनाउन चाहेका छन् ।

तर, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ आफू अर्थ र गृहमध्ये एउटा नछाड्ने पक्षमा छन् । यो अवस्थामा गृह र अर्थमन्त्रालय लिने विषयमै एमाले र माओवादीबीच रडाको पर्नसक्ने देखिएको छ ।

एमालेलाई अर्थमन्त्रालय दिने हो भने प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग गठबन्धन किन तोडे भन्ने प्रश्न उठ्छ ।

उता गृहमन्त्रालय नपाएर सरकारलाई समर्थन नगर्ने अडानमा रास्वपा सभापति रवि लामिछाने छन् । रविलाई साथमा नलिने हो भने प्रचण्ड सरकार ढल्न सक्ने अर्को जोखिम छ । तर, रविलाई गृहमन्त्री नबनाउन एमाले र माओवादी दुबै दलभित्र चर्को दबाब छ । रविलाई भने सरकारमै नजान र प्रतिपक्षमै बस्न पार्टी कार्यकर्ताको चर्को दबाब छ ।

अर्थ र गृह मन्त्रालयमा एमाले, माओवादी र रास्वपाको त्रिकोणात्मक द्वन्द्वका कारण नयाँ गठबन्धन सरकारले पूर्णता नै नपाई ढल्ने पो हो कि भन्ने जोखिम बढेको छ ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो कुर्सी जोगाउन एमालेलाई अर्थ र रास्वपालाई गृहमन्त्रालय दिने हो भने कांग्रेससँग गठबन्धन टुटाएर माओवादीलाई के फाइदा भयो भन्ने प्रश्न उठ्ने छ । त्यसबेला राष्ट्रियसभा अध्यक्षमा झक्कु सुवेदीलाई पठाउने कुरालाई माओवादीले उपलब्धि मानेर बस्नुपर्ने हुन्छ ।

नेपाली कांग्रेसका एक पदाधिकारीका अनुसार पछिल्लो समय शेरबहादुर देउवाले प्रचण्डलाई गृह र अर्थ दुबै राख्न भनिसकेका थिए । तर, प्रचण्डले ओलीसँग निकटता बढाइसकेको हुनाले उनी ‘ब्याक’ हुन सकेनन् र तनावमा फसे ।    

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  १० : २३ बजे

तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख कार्यभार : मन्त्री अर्याल 

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारको आगामी दिनको महत्वपूर्ण कार्यभार भनेकै

प्रभु म्यानेजमेन्टका पूर्वशेयरधनी महाजु हुण्डीसम्बन्धी ठगीमा पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु म्यानेजमेण्ट प्रालिका

पाकिस्तानी सेनाको कारबाहीमा अफगान सीमा क्षेत्रमा २३ आतङ्ककारीको मृत्यु

इस्लामावाद- पाकिस्तानी सेनाले अफगान सीमा क्षेत्रमा गरेको दुई वटा आतङ्कारी

कर्फ्यूपछि पनि सिमरामा तनाव : ढुंगामुढा गर्दै प्रहरी बिट जलाइयो, कम्तीमा १० जना घाइते

कलैया, बारा– सिमरा विमानस्थल र जीतपुर सिमरा आसपास क्षेत्रमा जेन-जी

जुम्लामा दुई मतदान केन्द्र थप्न सिफारिस

जुम्ला– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि