उपनिर्वाचनका लागि उम्मेदवारले मनोनयन दर्ता गर्दै « Khabarhub

उपनिर्वाचनका लागि उम्मेदवारले मनोनयन दर्ता गर्दै


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी वैशाख १५ गते इलाम–२ र बझाङ प्रदेश १ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूले आज मनोनयन पत्र दर्ता गर्दै छन् ।

निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिने छ ।

आयोगले आजै साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गर्नेछ ।

यस्तै, आयोगले उम्मेदवारको विरोधमा उजुरी दिनका लागि भोलि बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरेको छ । यसैगरी साँझ ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्नेछ ।

निर्वाचन कार्यक्रम अनुसार चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ ।

आगामी वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

इलाम–२ मा को को बन्दै छन् उम्मेदवार ?
उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट इलाम–२ मा डम्बर खड्का, एमालेबाट सुहाङ नेम्वाङ, रास्वपाबाट मिलन लिम्बु, एकीकृत समाजवादीबाट जितबहादुर राई उम्मेदवार बन्दै छन् ।

यस्तै, पहिचान पक्षधरबाट स्वतन्त्र उम्मेदवारका रुपमा डकेन्द्र थेगिम, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट लक्ष्मी गुरुङ, राप्रपा नेपालबाट गणेश चौहान र जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ (प्रेमदीप) ले उम्मेदवारी दिँदै छन् ।

इलाम–२ मा नेकपा माओवादी केन्द्रले एमाले उम्मेदवार सुहाङलाई समर्थन गर्ने जनाइसकेको छ ।

मतदान स्थल र मतदान केन्द्र
निर्वाचन आयोगले उपनिर्वाचनका लागि इलाम–२ मा ७९ वटा मतदान स्थल र १४९ मतदान केन्द्र निर्धारण गरेको छ ।

यस्तै, बझाङ प्रदेश १ मा आयोगले ७४ मतदान स्थल र ९३ मतदान केन्द्र तोकेको छ ।

 

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ६ : २५ बजे

पाकिस्तानी ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही बेपत्ता

काठमाडौं– प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा पाकिस्तानको ब्रोड पिक हिमालमा आएको

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सम्झौता, शहीद घोषणा प्रक्रिया अघि बढाइने

काठमाडौँ– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कमानागाछीमा यही साउन १० गते भएको

‘मास्टर्नी’ले फर्काउला त प्रियंकाको गुमेको क्रेज ?

काठमाडौँ – दशकको अवधिका एक–दुई नायक–नायिका प्राइममा रहन्छन् । नयाँ

देशभर मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

एजेन्सी— अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले विश्वकप र आफ्ना अन्य