धवलागिरिमा घुम्ती शिविरमार्फत अपाङ्गता परिचयपत्र वितरण « Khabarhub

धवलागिरिमा घुम्ती शिविरमार्फत अपाङ्गता परिचयपत्र वितरण


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाले परिचयपत्र र सहायता सामग्री वितरण गर्न सञ्चालन गरेको घुम्ती शिविरबाट दुई सय सातजना अपाङ्गता भएका सर्वसाधारण लाभान्वित भएका छन् । 

यही चैत १९ देखि २३ गतेसम्म पाँचवटा वडामा आयोजना गरिएको घुम्ती शिविरमा ७७ जनालाई अपाङ्गता परिचयपत्र र एक सय ३० जनालाई सहायता सामग्री वितरण गरिएको हो । शारीरिक रुपमा अशक्त नागरिकको सहजताका लागि वडास्तरमा पुगेर परिचयपत्र र सहायता सामग्री वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले जानकारी दिए। 

वडा २ मा पाँच, वडा नं ३ मा १४, वडा नं ४ मा १४, वडा नं ६ मा आठ र वडा नं ७ मा ३६ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । ९५ जना अपाङ्गलाई लट्ठी, पाँचजनालाई वैशाखी, नौजनालाई ब्लाइन्ड स्टिक (ह्वाइट क्यान), छ जनालाई कम्बोड कुर्ची र १५ जनालाई कम्मर पेटी उपलब्ध गराइएको उनले बताए।  

अर्को चरणमा ह्विल चियर प्रयोग गर्ने अपाङ्गता भएकालाई ह्विल चियर पनि वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले बताए। गाउँपालिकाको कार्यालयमा पुगेर लिनुपर्ने सेवा सर्वसाधारणले वडामै सेवा पाउँदा सहज भएको बताएका छन् । 

गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, प्रमुख प्रशासकीय अधिकृत सुवेदी, बेनी अस्पतालका चिकित्सक डा रोशन आचार्य, वडाध्यक्ष, कार्यपालिका सदस्य, गाउँपालिकाका कर्मचारी देव पुन, स्वास्थ्य शाखाका सहसंयोजक अनिशा आचार्यले परिचयपत्र र सहायता सामग्री वितरण गरेका थिए । 

वडामै निवेदन संकलन गरी अपाङ्गता समन्वय समितिको बैठक बसेर निर्णय गरी परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए। गाउँपालिकाका उपाध्यक्ष पुनमगरले अशक्तहरूलाई झन्झटरहित तरिकाले परिचयपत्र उपलब्ध गराउन वडामा पुगेको बताए । 

अपाङ्गता भएका नागरिकहरूले परिचयपत्रका आधारमा सार्वजनिक यातायातलगायत क्षेत्रमा पाउनुपर्ने छुट सुविधा नपाएको विषयमा गाउँपालिकासँग गुनासो गरेका छन् । 

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  २ : २४ बजे

डिभिजन वन कार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

जुम्ला– डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११  महिनामा रु

स्टेडियममा शाकिरालाई ‘किस’ खाएको भिडियो भाइरल: वास्तविकता के हो ?

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत डालस रङ्गशालामा अर्जेन्टिना र

रास्वपा महाधिवेशन : बाहिर भोट माग्दै समर्थक, भित्र आजै चुनावको तयारी

चितवन– चितवनमा आयोजित रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि चुनावको

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

काठमाडौं– काठमाडौं महानगरपालिकाको सहकारी विभागमा पाँच अर्ब २७ करोड रुपैयाँ

विश्वकपको रौनकबीच मेसीको जन्मदिन, अर्जेन्टिनाले भन्यो- ‘ह्याप्पी बर्थडे, क्याप्टेन !’

काठमाडौँ – विश्व फुटबलकै सर्वकालीन महान् खेलाडीमध्येका एक लियोनेल मेसी