मधेस आन्दोलनकै जगमा मुलुकमा सङ्घीयता आएको हो : मुख्यमन्त्री यादव « Khabarhub

मधेस आन्दोलनकै जगमा मुलुकमा सङ्घीयता आएको हो : मुख्यमन्त्री यादव


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयता ल्याउन मधेस प्रदेशले सबैभन्दा ठूलो भूमिका खेलेको बताएका छन् । 

‘वीरगञ्जको वाणी’ कार्यक्रममा सम्बोधन गर्दै उनले मधेस आन्दोलनकै जगमा मुलुकमा संघीयता आएको बताए ।

‘मुलुकमा संघीयता आएको सात वर्ष भइसक्यो, तर अझै पनि प्रदेशले संघीयताको महसुस गर्न पाइरहेका छैनन्’, उनले भने, ‘छिटो–छिटो सरकार फेरिँदा पनि प्रदेशमा समग्र विकासमा समस्या पारेको छ, वीरगञ्ज सहरले संघीय सरकारलाई ठूलो मात्रामा राजस्व प्रदान गर्दै आइरहेको छ, तर संघीय सरकारले भने वीरगञ्जलाई सोहीअनुसारको बजेट तथा अन्य सहुलियत प्रदान गरेको छैन ।’

प्रतिनिधिसभाका सांसद प्रदीप यादवले संघीय सरकारले मुलुककै सबैभन्दा धेरै राजस्व संकलन  गर्ने वीरगञ्जलाई बेवास्ता गरेको बताए ।

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले वीरगञ्जको वैभवलाई संघीय सरकारले चिन्न नसकेको गुनासो गरे। 

वीरगञ्जका उद्योगी तथा व्यवसायीले निरन्तर रूपमा विद्युत्को आपूर्ति हुन नसक्दा उद्योगधन्दा धराशायी हुने अवस्थामा पुगेको बताएका छन् । उद्योगी अनिल रुगटाले वीरगञ्ज करिडोरका उद्योगी–व्यवसायी नाजुक अवस्थाबाट गुज्रिँदै आइरहेको बताए ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले विद्युत् आपूर्तिमा देखिएको समस्या एक महिनाभित्रै समाधान हुने दाबी गरे ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ६ : ०८ बजे

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

एजेन्सी— अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले विश्वकप र आफ्ना अन्य

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

‘हाम्रो आपसी सम्बन्ध र भाइचारामा दरार नआओस्’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगन्ज घटनापछि

‘आवेग होइन विवेक प्रयोग गरौँ, घृणाको आगो निभाऔँ’

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले तराई–मधेशका

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल साउन १५ गते शुक्रबार सन् २०२६