आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल « Khabarhub

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार सन् २०२४ मे ६ तारिख। वैशाख कृष्ण पक्षको त्रयोदशी तिथि। किरात समाज सुधार दिवस परेको छ। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : जिम्मेवारी पूरा गर्न कठिन हुनेछ। आफ्नो हैसियत भन्दा ठुलो जिम्मेवारी प्राप्त हुनेछ। के गर्न सकिन्छ भनेर मन खटपट हुनेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध अटुट रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षामा भने प्रगति हुनेछ।

वृष : चिठ्ठा पर्ने योग छ। शेयरमा फाइदा हुनेछ। आजको लगानीले उन्नति हुनेछ। स्वास्थ्यमा लाभ प्राप्त हुनेछ। शिक्षामा सफलता हात लाग्नेछ। वैदेशिक क्षेत्रमा उन्नति हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ।

मिथुन : अग्रजबाट आर्शिवाद लिएर अगाडि बढ्ने योग छ। आम्दानी राम्रो हुनेछ। रमाइलोमा मन भुल्नेछ। लगानीको क्षेत्रमा हिम्मत गर्दा फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रतिस्पर्धी कमजोर भएकाले काममा कुनै अवरोध हुनेछैन।

कर्कट : तपाईंले असफल बनाउन सक्रिय साथी धेरै छन्। आफूले आफूलाई चिनेर अगाडि बढ्नु उपयुक्त हुन्छ। लगानी गर्दा परिवारका सदस्यलाई अगाडि बढाउनु राम्रो हुन्छ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। शिक्षामा लगानी नगर्नु राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : अपेक्षा गरे अनुसारको सहयोग प्राप्त नहुने देखिन्छ। गुरुहरुबाट असहयोग हुनेछ। योजना सम्पन्न नभएसम्म प्रकाशन नगर्नु राम्रो हुन्छ। परिवारलाई बुझाउन नसक्दा वादविवाद हुने जोखिम छ। लगानीका क्षेत्रबाट लाभ हुने देखिन्छ।

कन्या : आफ्नो फाइदाका लागि अगाडि बढ्नुपर्ने दिन छ। नाफा कमाउने योग छ। परिवारको साथ मिल्नेछ। शिक्षा क्षेत्रको लगानीबाट उन्नति हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ।

तुला : गुरुसँगको भेटले दिन फलदायी बन्नेछ। रोकिएको काम बन्नेछ। स्वास्थ्यमा लाभ र शिक्षामा सफलता मिल्नेछ। परोपकारमा मन जानेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : स्वास्थ्यमा समस्या हुने देखिन्छ। साथीसँगको भेटले दिन रमाइलो हुनेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। परिवारको प्रेमले मनमा उत्साह बढ्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा साथीको साथ मिल्नेछ।

धनु : बौद्धिक क्षेत्रमा अवसर प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीले उत्साह बढ्नेछ। आफ्नै लापरवाहीले पुरानो रोग बल्झिने खतरा देखिन्छ। रोजगारीमा बढुवा हुनेछ। परिवारको विवाद समाधान गर्ने क्षमताको विकास हुनेछ।

मकर : सञ्चय गरेर राखेको धन खर्च हुने योग छ। लगानीको क्षेत्र छनोट गर्न सकेमा अवसर धेरै छन्। वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। परिवारको सुझाव लिएर गरेको काम सफल बन्नेछ।

कुम्भ : छिटो बोलीले समस्या आइपर्न सक्छ। दुई पटक सोचेर बोल्नु राम्रो हुन्छ। ठुलो लगानी नगर्नु राम्रो होला। बाटोमा साथ नदिने मित्र धेरै भएकाले सचेत हुनु राम्रो हुनेछ। परिवारको साथ र सहयोग भने निरन्तर प्राप्त हुनेछ।

मीन : अरुको हित हुनेगरी काम गर्नु राम्रो हुन्छ। बोल्दा कसैको मन नदुखाउनु राम्रो हुन्छ। आफ्ना नजिकका व्यक्तिबाट बचेर काम गर्नु पर्ने दिन छ। सबैलाई समान व्यवहार गरेर मन जित्न सकिन्छ। परिवारको साथ मिल्नेछ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ४ : ५९ बजे

ओली-लेखकको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनमा

भाइरल म्यानद्वय रतन र मीनविरुद्ध साइबर व्यूरोमा जाहेरी

काठमाडौं- पछिल्लो समय विवादित अभिव्यक्ति दिएर भाइरल भइरहने युट्युबर रतन

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीलाकुमारी निर्विरोध

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध भएकी

पर्वतमा गहुँबालीको प्रजनन बीउ उत्पादन गरिँदै

पर्वत– पर्वतमा यस वर्ष देखि गहुँबालीको प्रजजन बीउका लागि गहुँखेती

अरनिको राजमार्ग : धुलिखेल–खावा सडकमा कालोपत्रे सुरु

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा आजदेखि कालोपत्रे गर्ने