इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा टोटनहम हट्सपर पराजित « Khabarhub

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा टोटनहम हट्सपर पराजित


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ । आइतबार राति भएको खेलमा टोटनहम हट्सपरलाई ४–२ गोलले हराउँदै लिभरपुलले जित निकालेको हो ।

लिभरपुलका मोहम्मद सलाह, इन्ड्रयु रोबर्टसन, कोडी गाक्पो र हार्वे इलियटले एक–एक गोल गरेका थिए । टोटनहमका रिचार्लिसन र सन ह्युङ–मिनले एक–एक गोल फर्काएका थिए ।

खेलमा लिभरपुलले लगातार ४ गोल गरेपछि टोटनहमले २ गोल फर्काएको थियो । खेलको १६औँ मिनेटमा लिभरपुलका सलाहले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

यस्तै, ४५औँ मिनेटमा रोबर्टसन, ५०औँ मिनेटमा गाक्पो र ५९ मिनेटमा इलियटले गोल गर्दै टोलीलाई ४–० को अग्रता दिलाएका थिए ।

त्यसपछि टोटनहमका रिचार्लिसनले ७२औँ मिनेटमा गोल गर्दै टोलीलाई ४–१ को अवस्थामा ल्यए । यस्तै, ७७औँ मिनेटमा ह्युङ–मिनले गोल गरे पनि लिभरपुलसँगको हारलाई टार्न सकेनन् ।

यो जितसँगै लिभरपुल ३६ खेलबाट ८१ अंक सहित तालिकाको तेस्रो स्थानमा यथावत छ । ३५ खेल खेलेको टोटनहम ६९ अंकका साथ पाँचौँ स्थानमा छ ।

यस्तै, पहिलो स्थानमा रहेको आर्सनलको ८३ अंक छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ८२ अंक छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ६ : ४३ बजे

गगन थापालाई प्रचण्डले भने – निरन्तरताको क्रमभङ्ग भयो, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस्

काठमाडौँ – नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति

‘गगनलाई सभापति बनाएर नयाँ भिजनका साथ अगाडि बढेका छौँ, देशको मुहार उज्यालो बनाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले काङ्ग्रेस अब थप दृढता

पार्टीले निष्ठालाई महत्त्व दिएको भए म पनि कांग्रेस हुन्थे होला : रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

मैले गगनजीलाई भन्ने गर्थेँ कुनैदिन तपाईंले देशको नेतृत्व गर्ने अवस्था आउनसक्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूले विगतमा नेपाली

पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

बारा– बाराको देवताल गाउँपालिका–६ जबकास्थित माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु