सभामुखबाट मुख्य दलका शीर्ष नेताहरुको बैठक आह्वान | Khabarhub Khabarhub

सभामुखबाट मुख्य दलका शीर्ष नेताहरुको बैठक आह्वान


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक बोलाएका छन् ।

सभामुख घिमिरेले मङ्गलबार बिहान साढे ११ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा बैठक बोलाएका हुन् ।

संसद्को वर्षे अधिवेशन सुरु हुनुअघि सहकारी प्रकरणमा सहमतिको प्रयासका लागि सभामुखले शीर्ष नेताहरुलाई बैठकमा बोलाएका हुन् ।

सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाएका छन् ।

सहकारी प्रकरणमा रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो ।

कांग्रेसको अवरोधले सदनको कारवाही प्रभावित भएपछि सभामुखले शीर्ष बैठक बोलाएका हुन् । सभामुखले सदनको अवरोध खुलाउन गएको अधिवेशनमा पनि दुई पटक शीर्ष नेताहरुसँग बैठक गरेका थिए । तर, सहमति प्रयास सार्थक हुन सकेको थिएन ।

सहकारी प्रकरणबारे सदनमा उठेका विषयलाई सहमतिमा टुंग्याउन मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग र कार्यव्यवस्थामा अलग अलग छलफल भएको थियो । संसदको वर्षे अधिवेशन वैशाख २८ गतेदेखि सुरु हुँदैछ ।

 

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ११ : ५५ बजे

आँखा शिविरबाट दुई सय बढी लाभान्वित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा

एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु

लुम्बिनी– पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको

सहकारी प्रकरणमा छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश तय गर्न

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

नवलपरासी– जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा

अफगानिस्तानको बाढीमा परि कम्तिमा ५० जनाको मृत्यु

काठमाडौं– मध्य अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५०