महिलाको लगानीमा सरफ उद्योग सञ्चालन « Khabarhub

महिलाको लगानीमा सरफ उद्योग सञ्चालन


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.7k
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको भीमाद नगरपालिका–६ का ३६ जना महिलाले सामूहिकरुपमा सरफ उद्योग सञ्चालन गरेका छन् । भीमादको मातृशिशु कल्याण आमासमूहमा आबद्ध महिलाले ‘मातृशक्ति’ नामको सरफ उद्योग सञ्चालन गरेर उदाहरण प्रस्तुत गरेका हुन् ।

महिलाले सामूहिकरुपमा सरफ उद्योग सञ्चालन गरेसँगै आत्मनिर्भरतर्फउन्मुख हुँदै गएको समूहका अध्यक्ष हरिमाया पौडेलले बताइन् । २५ हजारका दरले लगानी गरेर उद्योग सञ्चालन गरिएको उनले जानकारी दिइन्।

 विसं २०५३ मा स्थापना भएको उक्त समूहको कोषमा रहेको रकमसहित प्रतिव्यक्ति रु २५ हजार लगानी गरेसँगै नगरपालिकाले सरफसम्बन्धी तालिम दिएपछि उद्योग सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।

उद्योगमा सात जनाले रोजगारी पाएका छन् । काठमाडौँबाट कच्चा पदार्थ ल्याएर मेसिनमा प्रशोधन र प्याकेजिङ गरी बिक्रीवितरण गर्दै आइएको समूहका सचिव सीता सुवेदीले बताइन्। 

दुई वर्षअघिदेखि दर्ता प्रक्रिया अघि बढाइएकामा गत असोजदेखि सरफ उत्पादन थालिएको सचिव सुवेदीले जानकारी दिइन्। 

सबै मिलेर काम गर्ने र बचत भएको पैसा बाँडफाँड गर्ने गरिएको सचिव सुवेदीले बताइन् । स्थानीयस्तरमा उत्पादन हुन थालेपछि कपडा धुनका लागि आवश्यकपर्ने सरफ आयातमा कमी आएको उनको भनाइ छ । उत्पादित सरफलाई ‘मातृशक्ति’ नाममा ब्रान्डिङ गरिएको उनले जानकारी दिइन्।

भीमादका शालिकराम गहतराजले स्थानीयस्तरमा गुणस्तरीय सरफ उपलब्ध भएपछि बाहिरबाट किनेर ल्याउने प्रवृत्तिको अन्त्य भएको बताइन्। उनका अनुसार राम्रो, गुणस्तर र अन्य कम्पनीको तुलनामा सस्तो मूल्य भएकाले अधिकांशले यही सरफ प्रयोग गर्दै आएका छन् ।

 यहाँ उत्पादित सरफ स्थानीयस्तरमा बढी माग र खपत हुने गरेको बताइएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  १२ : २२ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते