चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ | Khabarhub Khabarhub

चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं ताहाचल डेरा गरी बस्ने सविना खड्काको कोठाबाट ल्यापटप १ थान,  मोबाइल १ थान र करिब २ तोला सुन लगायतका विभिन्न गहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२७ बस्ने ३७ वर्षीय जोन खड्गी र सोही महानगरपालिका-३० मैतिदेवी बस्ने ३४ वर्षीय सञ्जय खड्गी रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं धुम्बाराहीबाट पक्राउ गरेको हो । 

विभिन्न मितिमा काठमाडौं उपत्यका अन्तर्गतका प्रहरी कार्यालयमा ५ पटक चोरी सम्बन्धी लगायतका कसूरमा उनीहरू उपर मुद्दा दर्ता भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ  ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  १ : ३४ बजे

बैंकिङ प्रणालीमा पैसा थुप्रियो, राष्ट्र बैंकले ६० अर्ब तान्दै 

काठमाडौं– बैंकिङ प्रणालीमा पैसा थुप्रिएको छ । बैंक तथा वित्तीय

प्रभु स्मार्ट फण्डले १० प्रतिशत लाभांश दिने 

काठमाडौं– प्रभु स्मार्ट फण्डले गत आर्थिक वर्ष २०८१–८२ को नाफाबाट

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा 

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक शयरधनीका नाममा रहेको

उमा सुवेदीको उपन्यास ‘परिधि’ को लोकार्पण

 काठमाडौं- ‘तोदा’  उपन्यास र ‘सयौं पुतली’  कथा सङ्ग्रह  लगायत आधा

दैनिक १० हजारभन्दा बढीको स्कुस बिक्री गर्दै किसान

गाईघाट– सदरमुकाम गाईघाटमा हरियो सागसब्जीको मूल्य महँगिँदै गइरहेका बेला पहाडी