निर्वाचन आयोगमा दर्ता भयो अशोक राई नेतृत्वको जसपा « Khabarhub

निर्वाचन आयोगमा दर्ता भयो अशोक राई नेतृत्वको जसपा


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) लाई नयाँ दलको मान्यता दिएको छ ।

आयोगले ७ जना प्रतिनिधि सभाका सांसद र ३० जना केन्द्रीय सदस्यहरूले दिएको निवेदनका आधारमा जसपालाई ११० नम्बरमा सोमबार दर्ता गरेको हो ।

राईसहित प्रतिनिधि सभाका ७ जना सांसदहरू र जसपा नेपालबाट छुट्टिएका ३० जना केन्द्रीय सदस्यहरूले नयाँ दर्ताका लागि आइतबार निवेदन दिएका थिए ।

अशोक राईसहित प्रतिनिधिसभाका ७ जना सांसदहरूले पार्टी विभाजन गरी नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका बेला जसपा नेपाल विभाजन गरेर नयाँ दल बनाइएको हो ।

नयाँ पार्टीको पक्षमा जसपा नेपालका १२ मध्ये राईलाई सांसदहरु प्रदीप यादव, रञ्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, हसिना खान र नवलकिशोर साह सुडीले साथ दिएका छन् ।

आयोगमा परेको निवेदनबमोजिम राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम ५ बमोजिम जनता समाजवादी पार्टी संक्षिप्तमा (जनता समाजवादी) नामक राजनीतिक दल दर्ता गरी आयोगको दल दर्ता किताबमा अभिलेखिकरण गर्ने निर्णय आयोगले गरेको सूचना अधिकारी सुमन घिमिरेले बताए ।

राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ अनुसार दल दर्ताको निर्णय गरिएको आयोगले जानकारी दिएको छ ।

राईसहितको निवेदनअनुसार नयाँ दलको नाम जनता समाजादी पार्टी (जसपा) लाई मान्यता दिइएको आयोगका सूचना अधिकारी घिमिरेले बताएका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ५ : १० बजे

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप