सरकार बचाएर जाने पक्षमा एकीकृत समाजवादी, जथाभावी नबोल्न अध्यक्ष नेपालको निर्देशन « Khabarhub

सरकार बचाएर जाने पक्षमा एकीकृत समाजवादी, जथाभावी नबोल्न अध्यक्ष नेपालको निर्देशन


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीले तत्काल नेपका एमाले र नेकपा माओवादी केन्द्रसहितको सरकारको विपक्षमा नलाग्ने निर्णय गरेको छ ।

पछिल्ला विकसित घटनाक्रमले समाजवादी सरकारबाट फिर्ता हुन सक्ने चर्चा चलिरहेका बेला सोमबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय लिएको हो ।

संसदीय दलको बैठकमा जनता समाजवादी पार्टी विभाजित भइरहँदा सरकारबाट तत्कालै फिर्ता नहुने सहमति जुटेको एकजना शीर्ष नेताले खबरहबलाई बताए । 

‘सरकारको विपक्षमा नबोल्ने, खराब काम भए आलोचना गर्ने निर्णय भएको छ । सहमति सहकार्यसहित अगाडि बढ्ने निर्णय गरेका छौँ’, ती नेताले भने, ‘अहिलेको सत्ता गठबन्धनबाट बिदा भएर अरु गठबन्धनमा मिसिनेबारेमा कुनै छलफल भएन । यही गठबन्धनलाई निरन्तरता दिने निर्णय भएको छ ।’  

बैठकमा सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिन नेकपा एमाले सकारात्मक भएको निष्कर्ष पनि निकालेको छ ।

‘सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ सोडारीलाई आगामी ३० गतेसम्म विश्वासको मत दिन एमाले तयार भएको छ । सहकार्यलाई अगाडि लैजान्छौ’, ती नेताले भने ।

बैठकमा सहभागी पार्टी उपाध्यक्ष एवम् राष्ट्रिय सभा सदस्य जयन्ती राईका अनुसार संसदीय दलमा सरकारबारे भन्दा आगामी बजेटमा केन्द्रित भएर छलफल भएको बताएकी छन् । 

‘आजको छलफल बजेटमा कसरी सत्तारुढ दलहरू साझा धारणासहित अगाडि बढ्ने र एकीकृत समाजवादीको भूमिका कस्तो बनाउने भन्नेमा छलफल केन्द्रित भयो । सरकारको विकल्प खोज्ने दिशामा कुरा भएन’, राईले खबरहबलाई भनिन् ।

उनले अहिलेलाई वर्तमान सत्ता गठबन्धन र सरकामै निरन्तर रहने बताउँदै बाहिर आएका कुरा हल्ला मात्रै भएको जवाफ दिइन् । पूर्व मन्त्री तथा प्रतिनिधि सभाका सांसद प्रकाश ज्वालाले पनि आगामी बजेट र सरकारमा पार्टीको भूमिकाबारे मात्रै चर्चा भएको बताए । 

सांसद ज्वालाले आगामी आर्थिक वर्षको बजेटलाई लिएर आवश्यक सुझाव दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने निर्णय भएको जानकारी दिएका छन् ।

बैठकपछि सांसद शेरबहादुर कुँवरले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने नीति तथा कार्यक्रममा रचनात्मक सुझाव दिने निर्णय गरेको बताए । उनले बजेटलाई जनमुखी बनाउन पहल गर्ने निर्णय पनि भएको उल्लेख गरेका छन् ।

नेताहरूले यसो भने पनि माधव नेपालले सत्ता गठबन्धनविरुद्ध कुरा आउँदा सुदूरपश्चिम सरकारमा एमालेको सहयोग र अन्य विकसित घटनाहरूको विकासक्रम  हेरिरहेको बताएका थिए ।

बैठकमा उपस्थित अर्का नेताले भने, ‘अहिले गठबन्धनबाट निस्किने विकल्पमा नखोज्न अध्यक्षज्यूको निर्देशन छ । उहाँले गठबन्धनविरुद्ध  जथाभावी नबोल्न पनि सांसदहरूलाई आग्रह गर्नुभएको छ ।’

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ६ : २२ बजे

घानालाई हराउँदै क्रोएसिया विश्वकपको नकआउट चरणमा, स्कटल्यान्ड बाहिरियो

काठमाडौँ – निकोला भ्लासिचले खेलको उत्तरार्धमा गरेको उत्कृष्ट गोलको मद्दतले

आज २०८३ साल असार १४ गते आइबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १४ गते आइतबार सन् २०२६

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली