म्यान्मारमा पहिरोमा परी पाँच जनाको मृत्यु, सात बेपत्ता | Khabarhub Khabarhub

म्यान्मारमा पहिरोमा परी पाँच जनाको मृत्यु, सात बेपत्ता


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– म्यानमारको एक खानीमा गएको पहिरोमा परी दुई चिनियाँ नागरिकसहित पाँच जनाको मृत्यु भएको छ । अन्य सात जना बेपत्ता भएको खानीमा कार्यरत एक कामदारले बताए ।

चीनसँग सीमा जोडिएको कचिन राज्यको पाङ्वामा रहेको खानीको केही भाग मंगलबार बिहान खसेको खानीमा काम गर्ने कामदारले बताएका छन् ।

उनीहरूका अनुसार ‘पहिरोका कारण पूरै पहाड झरेको, ठूलाठूला रूख ढल्दा निकै ठूलो जङ्गली क्षेत्र कटान भएका र कम्तीमा पाँच जनाको मृत्यु भएको साथै सात जना हराइरहेका छन्’ ।

उद्धारकर्ताले दुई चिनियाँ नागरिक, दुई सुरक्षाकर्मी र एक कामदारसहित पाँच जनाको शव फेला पारेको स्रोतले जनाएको छ । स्थानीय सञ्चारमाध्यमले खानीबाट पाँच जनाको मृत्यु भएको र कम्तीमा २० जना हराइरहेका बताएका छन् ।

म्यान्मारको सुदूर उत्तरमा माल्यवान् पत्थर, सुन र काठजस्ता अन्य प्रचुर प्राकृतिक स्रोतहरूको खानी रहेको कचिन राज्यमा यी प्राकृतिक स्रोत जातीय कचिन विद्रोही र म्यान्मारको सेनालाई दशकौँ लामो गृहयुद्धका क्रममा आकर्षक आम्दानीको रूपमा रहेका छन् । 

यो क्षेत्र इलेक्ट्रिक साधनहरूमा प्रयोग हुने चुम्बकको खानीका लागि  पनि प्रसिद्ध छ । ग्लोबल विटनेसले गत महिना स्याटेलाइट इमेजरीलाई उद्धृत गर्दै पाङ्वा शहरको वरपर ३०० भन्दा बढी खानी स्थलहरू रहेको बताएको थियो ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  २ : ४८ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ