म्यान्मारमा पहिरोमा परी पाँच जनाको मृत्यु, सात बेपत्ता « Khabarhub

म्यान्मारमा पहिरोमा परी पाँच जनाको मृत्यु, सात बेपत्ता


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– म्यानमारको एक खानीमा गएको पहिरोमा परी दुई चिनियाँ नागरिकसहित पाँच जनाको मृत्यु भएको छ । अन्य सात जना बेपत्ता भएको खानीमा कार्यरत एक कामदारले बताए ।

चीनसँग सीमा जोडिएको कचिन राज्यको पाङ्वामा रहेको खानीको केही भाग मंगलबार बिहान खसेको खानीमा काम गर्ने कामदारले बताएका छन् ।

उनीहरूका अनुसार ‘पहिरोका कारण पूरै पहाड झरेको, ठूलाठूला रूख ढल्दा निकै ठूलो जङ्गली क्षेत्र कटान भएका र कम्तीमा पाँच जनाको मृत्यु भएको साथै सात जना हराइरहेका छन्’ ।

उद्धारकर्ताले दुई चिनियाँ नागरिक, दुई सुरक्षाकर्मी र एक कामदारसहित पाँच जनाको शव फेला पारेको स्रोतले जनाएको छ । स्थानीय सञ्चारमाध्यमले खानीबाट पाँच जनाको मृत्यु भएको र कम्तीमा २० जना हराइरहेका बताएका छन् ।

म्यान्मारको सुदूर उत्तरमा माल्यवान् पत्थर, सुन र काठजस्ता अन्य प्रचुर प्राकृतिक स्रोतहरूको खानी रहेको कचिन राज्यमा यी प्राकृतिक स्रोत जातीय कचिन विद्रोही र म्यान्मारको सेनालाई दशकौँ लामो गृहयुद्धका क्रममा आकर्षक आम्दानीको रूपमा रहेका छन् । 

यो क्षेत्र इलेक्ट्रिक साधनहरूमा प्रयोग हुने चुम्बकको खानीका लागि  पनि प्रसिद्ध छ । ग्लोबल विटनेसले गत महिना स्याटेलाइट इमेजरीलाई उद्धृत गर्दै पाङ्वा शहरको वरपर ३०० भन्दा बढी खानी स्थलहरू रहेको बताएको थियो ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  २ : ४८ बजे

उद्धारमा सात हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा गएको भीषण बाढीपछि नेपाल प्रहरीले

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी-२० शृङ्खला खेल्ने

काठमाडौँ – जापानी क्रिकेट टोलीका लागि आगामी सेप्टेम्बर महिना निकै

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता