हेयर एण्ड शान्ति र प्रभु बैंकबीच छुट सम्झौता « Khabarhub

हेयर एण्ड शान्ति र प्रभु बैंकबीच छुट सम्झौता


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई कमलादीस्थित हेयर एन्ड शान्ति युनिसेक्स सैलुनमा सौन्दर्य सम्बन्धी सेवा सुविधामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

बिहीबार एक समारोहका बिच सैलुनका  निर्देशक रामकुमार श्रेष्ठ र बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रवीन्द्र ढकालले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त समारोहमा प्रभु बैंकका बजार व्यवस्थापकका म्यानेजर दिना चित्रकार र अधिकृत आशुतोष सिंह कठायत तथा हेयर एण्ड शान्तिका  म्यानेजर पुजा थापाको समेत उपस्थिति रहेको थियो ।

सम्झौताअनुसार बैंकका ग्राहक तथा कर्मचारीले हेयर एण्ड शान्तिमा प्रोफेशनल मेकअप, पेनलेस डिपिलेसन, हेयरकट र स्टाइलिङ, आइल्याश एक्सटेन्सन, प्रोफेशनल स्टाइलिस्ट, स्पा प्रक्रिया, रिजेनेरेटिङ ट्रीटमेन्ट, मैनीक्योर र पेडीक्योरलगायत सौन्दर्य सम्बन्धी सेवा लिँदा (थ्रेड्रिङ्गबाहेक) ग्राहकलाई १० प्रतिशत र कर्मचारीहरूलाई ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

छुट सुविधाका लागि बैंककाे मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा विद्युतीय प्रणालीमध्ये कुनै एक तथा बैंकका कर्मचारीले बैंकको कर्मचारी परिचयपत्रसमेत पेश गर्नुपर्ने छ ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ६ : २० बजे

आजको मौसमको : तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली

काठमाडौं– देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको

अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल

मुस्ताङ– अत्यधिक चिसो हुँदा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको

आगामी जेठमा ‘एभरेष्ट टुरिजम अवार्ड’ र विश्व शान्ति सम्मेलन

काठमाडौं– एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा आगामी जेठ १५

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

प्रतिनिधिसभा निर्वाचन ६४ दिन बाँकी, ६४ दलले बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका