हेयर एण्ड शान्ति र प्रभु बैंकबीच छुट सम्झौता « Khabarhub

हेयर एण्ड शान्ति र प्रभु बैंकबीच छुट सम्झौता


२४ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई कमलादीस्थित हेयर एन्ड शान्ति युनिसेक्स सैलुनमा सौन्दर्य सम्बन्धी सेवा सुविधामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

बिहीबार एक समारोहका बिच सैलुनका  निर्देशक रामकुमार श्रेष्ठ र बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रवीन्द्र ढकालले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त समारोहमा प्रभु बैंकका बजार व्यवस्थापकका म्यानेजर दिना चित्रकार र अधिकृत आशुतोष सिंह कठायत तथा हेयर एण्ड शान्तिका  म्यानेजर पुजा थापाको समेत उपस्थिति रहेको थियो ।

सम्झौताअनुसार बैंकका ग्राहक तथा कर्मचारीले हेयर एण्ड शान्तिमा प्रोफेशनल मेकअप, पेनलेस डिपिलेसन, हेयरकट र स्टाइलिङ, आइल्याश एक्सटेन्सन, प्रोफेशनल स्टाइलिस्ट, स्पा प्रक्रिया, रिजेनेरेटिङ ट्रीटमेन्ट, मैनीक्योर र पेडीक्योरलगायत सौन्दर्य सम्बन्धी सेवा लिँदा (थ्रेड्रिङ्गबाहेक) ग्राहकलाई १० प्रतिशत र कर्मचारीहरूलाई ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

छुट सुविधाका लागि बैंककाे मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा विद्युतीय प्रणालीमध्ये कुनै एक तथा बैंकका कर्मचारीले बैंकको कर्मचारी परिचयपत्रसमेत पेश गर्नुपर्ने छ ।

प्रकाशित मिति : २४ जेठ २०८१, बिहीबार  ६ : २० बजे

नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको

बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्र : नेपाल रेडक्रस

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढी प्रभावितको

पहिरोले बूढीगण्डकीमा थुप्रिएर बनेको अस्थायी बाँध फुट्दा आकस्मिक बाढी : इसिमोड

काठमाडौँ– गोर्खाको चुमचेट नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपराह्नसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको मत गतगणना जारी

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा