आजका समाचार : मुख्यमन्त्री सिंहलाई विश्वासको मत, देशका विभिन्न स्थानमा पहिरो र डुबान | Khabarhub Khabarhub

आजका समाचार : मुख्यमन्त्री सिंहलाई विश्वासको मत, देशका विभिन्न स्थानमा पहिरो र डुबान


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

ओलीको नेतृत्वमा नयाँ सरकार बन्छ : कांग्रेस
नेपाली कांग्रेसले एमालेसँग भएको सहमति अनुसार संविधानको धारा ७६ (२) बमोजिम नै नयाँ सरकार बन्ने दाबी गरेको छ ।

शनिबार संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सहमति अनुसार अब बन्ने नयाँ सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने र त्यस्तो सरकार संविधानको धारा ७६ (२) बमोजिम गठन हुने दाबी गरेको हो ।


बैठकले एमालेसँग भएको सहमति कार्यान्वयनमा दृढ रहेको निष्कर्ष निकालेको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए । त्यस्तै प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिने पत्र संसद सचिवालयमा दर्ता गरेको अवस्थामा उक्त प्रस्तावको विपक्षमा उभिने निर्णय गरेको उनले बताए ।

त्यस्तै बैठकले कांग्रेस–एमालेबीच भएको राष्ट्रिय सहमतिय सरकार गठन गर्ने सहमतिको समर्थन गर्दै स्वागत गर्ने निर्णय गरेको लेखकले जानकारी दिए ।

सहकारी ठगलाई जोगाउन राज्यका संयन्त्रहरू परिचालन गरिए : रमेश लेखक

रास्वपाले बोलायो संसदीय दलको बैठक

कांग्रेस संसदीय दलको बैठक सुरु

एकीकृत समाजवादीको बैठक भोलि पनि बस्ने

माधव नेपाल भन्छन्-नेपाली राजनीति हाम्रो पार्टी अहं र निर्णायक

एमाले संसदीय दलको बैठक आह्वान

मुख्यमन्त्री सिंहले पाए विश्वासको मत
मधेस प्रदेशको मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत पाएका छन् । उनले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव सभामुखले मत विभाजनपछि निणयार्थ प्रस्तुत गर्दा ६७ सांसदको विश्वासको मत पाएका हुन् ।

१ सय ७ प्रदेश सांसद रहेको मधेश प्रदेशसभामा मुख्यमन्त्री सिंहलाई विश्वासको मतका लागि ५४ जनाको समर्थन आवश्यक पर्छ तर मुख्यमन्त्रीले त्यो भन्दा बढी अर्थात ६७ सांसदको मत पाएका हुन् । उनको विपक्षमा ३४ मत परेको हो । बैठकमा १०१ जना सांसद उपस्थित थिए ।

मधेस प्रदेशसभामा एमालेका सभामुखबाहेक २४, कांग्रेसका २२, जनमतका १३ र लोसपाका ९, जसपाका १९, माओवादीका ९ र नेकपा एकीकृत समाजवादीका ७ सांसद छन् । त्यस्तै राप्रपा, नागरिक उन्मुक्ति र संघीय समाजवादीका १-१ सांसद छन् ।

मधेस सरकारमा कांग्रेस र लोसपा सहभागी हुँदै !

मधेसका मुख्यमन्त्री सिंहले मागे विश्वासको मत

मधेसमा जनमत र एमाले बाहेकका सबै मन्त्रीलाई बर्खास्त गरिँदै

मधेसमा जनमत र एमाले बाहेकका सबै मन्त्री बर्खास्त

पहिरोले छ परिवार विस्थापित, बस्ती उच्च जोखिममा
निरन्तर वर्षासँगै आएको पहिरोका कारण जिल्लामा छ परिवार विस्थापित भएका छन् । काठेखोला गाउँपालिका–६ को सुल्डाँडाबाट वडा नं ८ लेखानी जाने सडक चक्ल्याउने क्रममा लगाइएको पर्खाल पहिरोले बगाउँदा वरपरका तीन परिवार विस्थापित भएका हुन् ।

उक्त स्थानमा नौ घर पहिरोको जोखिममा परेका छन् । सुल्डाँडा–खानी खण्डका विभिन्न ठाउँमा पहिरो खसेको छ । पहिरोका कारण स्थानीय रघुनाथ कँडेल, कृष्ण कँडेल र लक्ष्मी विकको परिवार विस्थापित भएका वडाध्यक्ष बृहस्पति कँडेलले जानकारी दिए।


अहिले विस्थापित भीमसेन क्याम्पसमा बसिरहेका छन् । पहिरोमा परेका पशुचौपायालाई पनि सुरक्षित स्थानमा सारिएको उनले बताए। उनका अनुसार सोही ठाउँको टापुका ११ घर पनि पहिरोको उच्च जोखिममा रहेका छन् ।

पाँचखाल–चारपिप्ले सडक खण्ड खुल्यो

स्याङ्जामा पहिरामा पुरिएर तीनजनाको मृत्यु

बेँसीसहर–चामे सडकको लमजुङ खण्ड सञ्चालन

पुल भत्किँदा राजविराज-कञ्चनपुर सडक अवरुद्ध

ठेउलेखोला जलविद्युत् आयोजनाको बाँध पुरियो, ग्रामीण सडक अवरुद्ध

पहिराले मुग्लिन-मलेखु सडक अवरुद्ध

म्याग्दे खोलाको बाढीले घुम्तीका घर डुबानमा
अविरल वर्षासँगै म्याग्दे खोलामा आएको बाढीले जिल्लाको म्याग्दे गाउँपालिका–४ स्थित घुम्ती बजारका घर डुबानमा परेका छन् । शुक्रबारदेखि परेको वर्षाका कारण म्याग्दे खोलामा आएको बाढीले यहाँका घरहरू डुबानमा परेका हुन् ।

शुक्रबारसम्म सामान्य रहे पनि आज बिहानदेखि खोलामा जलसहत निकै बढेको जिल्लास्थित उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष भीमलाल श्रेष्ठले जानकारी दिनुभयो । खोलामा आएको बाढीले यहाँका १४ घर डुबानमा परेका छन् ।

उनले भने, ‘प्रत्येक वर्षको वर्षाका समयमा यहाँ बाढी र डुबानको समस्या हुन्छ, यसको समाधान हुन नसक्दा प्रत्येक वर्ष घर डुबानमा पर्ने तथा स्थानीय विस्थापित हुने गरेका छन् ।’

दाङमा बाढी : एक जनाको मृत्यु, एक बेपत्ता, दर्जनौँ घर डुबानमा

बाढी पहिरो चल्दा देशभर ३६ सडक ठप्प !

मर्स्याङ्दी नदीले सतर्कता तह पार गर्‍यो

पहिराले गोरुसिङ्गे-सन्धिखर्क सडक अवरुद्ध

राप्ती नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक अझै बेपत्ता

कालीगण्डकी र सेतीखोलामा जलसतह बढेपछि‘

पहिराले कान्तिलोकपथ अवरुद्ध

गुल्मीमा पहिरामा पुरिएकी महिलाको जीवितै उद्धार

भारतीय कपडा उद्योग कोरोनाअघिकै अवस्थामा फर्कियो
भारतको कपडा उद्योगमा सुधार देखिएको छ। विश्वका ठूलो ब्रान्ड एवम् खुद्रा बिक्रेताको मौज्दात कोरोनाभाइरसको महामारीअघिकै अवस्थामा फर्केकाले भारतीय टेक्सटाइल उद्योगलाई लाभ मिलेको एड्भेण्डस स्पार्कले जनाएको छ ।

भारतमा कपासको मूल्य विश्वको औसतभन्दा कम रहेकाले पनि भारतीय कपडा उद्योगलाई राहत मिलेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।


कपासको मूल्य स्थिर हुँदै गर्दा औद्योगिक वृद्धिदर पनि तीव्र हुने अपेक्षा छ । आर्थिक वर्ष २०२४ को अन्तिम त्रैमासिकमा टेक्सटाइल क्षेत्रको समग्र आम्दानी ८ प्रतिशतले बढेको छ।

भारतीय र मंगोलियन सेनाको संयुक्त सैन्य अभ्यास शुरु

पाकिस्तानमा बजेटपछि मुद्रास्फीति बढ्यो

सन् २०२४ मा विश्वव्यापी खाद्यान्न उत्पादन उच्च स्तरमा

हिन्दी भाषाको प्रवर्द्धन गर्न भारतको ११ लाख डलर योगदान

थाइल्याण्ड र भारतका सेनाको ‘मैत्री’ सैन्य अभ्यास सुरु

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ७ : ५६ बजे

पर्यटनमन्त्री र आन्दोलनरत क्याबिन क्रुबीचको वार्ता सकारात्मक

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले चाडबाडका बेला

पाकिस्तानमा यसवर्ष लडाकुको आक्रमणमा सयबढी प्रहरीको मृत्यु

काठमाडौं– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा लडाकुको आक्रमणमा परी यो वर्ष

त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा

दमौली– गत असोज ११ र १२ गतेको अविरल वर्षापछि त्रिशूली

डुबानमा परेको राजदेवी मन्दिरको पानी निकालियो

जलेश्वर– बाढीले डुबानमा पारेको महोत्तरीको जलेश्वर नगपालिका–२ मा अवस्थित राजदेवी

मन्थली-काठमाडौँ आवागमन फेरि अवरुद्ध

मन्थली– लगातारको वर्षाका कारण गत शनिबार गएको बाढी र पहिरोका