रसियाको स्पष्टीकरण- अमेरिकी चुनावमा हस्तक्षेप गरेको छैन | Khabarhub Khabarhub

रसियाको स्पष्टीकरण- अमेरिकी चुनावमा हस्तक्षेप गरेको छैन


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


732
Shares
  • change font
  • change font
  • change font

मस्को- अमेरिकी राष्ट्रपतिमा दोस्रो पटक रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प विजयी हुँदै गर्दा अर्को शक्ति राष्ट्र रसियाले हस्तक्षेपको आरोपको खण्डन गरेको छ।

अमेरिकास्थित रूसी दूतावासले बुधबार एक वक्तव्य जारी गर्दै त्यहाँको राष्ट्रपति चुनावमा कुनै किसिमको हस्तक्षेप र चलखेलको आरोपको सिधै खारेज गरिदिएको हो ।

अमेरिकी चुनावका क्रममा मंगलबार कयौँ राज्यका मतदान केन्द्रमा बम राखिएको समाचार आएको थियो ।

तर सुरक्षा निकायले गरेको जाँचबुझका क्रममा यो सूचना गलत र अफवाह भएको पुष्टि हुन पुगेको थियो ।

यो अफवाहका कारण कयौँ राज्यका मतदान केन्द्रलाई अस्थायी रुपमा बन्द गर्नु परेको थियो ।

अमेरिकी जासुसी एजेन्सीले बमको झूटो खबर र धम्कीयुक्त ईमेल रसियाबाट आएको जनाएको थियो । बमको धम्की ईमेलमार्फत दिएको पुष्टि गर्दै अमेरिकी जाँच एजेन्सीले यी ईमेल रूसको डोमेनबाट पठाइएको खुलासा गरेका थिए ।

यही प्रसंगमा अमेरिकास्थित रसियन दूतावासको उक्त प्रष्टीकरण आएको हो । यद्यपि अमेरिकी चुनावका क्रममा रसियाले डोनाल्ड ट्रम्पले जित्नुपर्ने अपेक्षा गरिरहेको छ । युक्रेनसँग जारी युद्धलाई रोक्न ट्रम्प आए सहायता बन्द गर्ने अपेक्षा रुसको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ३ : ०९ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ