रसियाको स्पष्टीकरण- अमेरिकी चुनावमा हस्तक्षेप गरेको छैन « Khabarhub

रसियाको स्पष्टीकरण- अमेरिकी चुनावमा हस्तक्षेप गरेको छैन


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


732
Shares
  • change font
  • change font
  • change font

मस्को- अमेरिकी राष्ट्रपतिमा दोस्रो पटक रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प विजयी हुँदै गर्दा अर्को शक्ति राष्ट्र रसियाले हस्तक्षेपको आरोपको खण्डन गरेको छ।

अमेरिकास्थित रूसी दूतावासले बुधबार एक वक्तव्य जारी गर्दै त्यहाँको राष्ट्रपति चुनावमा कुनै किसिमको हस्तक्षेप र चलखेलको आरोपको सिधै खारेज गरिदिएको हो ।

अमेरिकी चुनावका क्रममा मंगलबार कयौँ राज्यका मतदान केन्द्रमा बम राखिएको समाचार आएको थियो ।

तर सुरक्षा निकायले गरेको जाँचबुझका क्रममा यो सूचना गलत र अफवाह भएको पुष्टि हुन पुगेको थियो ।

यो अफवाहका कारण कयौँ राज्यका मतदान केन्द्रलाई अस्थायी रुपमा बन्द गर्नु परेको थियो ।

अमेरिकी जासुसी एजेन्सीले बमको झूटो खबर र धम्कीयुक्त ईमेल रसियाबाट आएको जनाएको थियो । बमको धम्की ईमेलमार्फत दिएको पुष्टि गर्दै अमेरिकी जाँच एजेन्सीले यी ईमेल रूसको डोमेनबाट पठाइएको खुलासा गरेका थिए ।

यही प्रसंगमा अमेरिकास्थित रसियन दूतावासको उक्त प्रष्टीकरण आएको हो । यद्यपि अमेरिकी चुनावका क्रममा रसियाले डोनाल्ड ट्रम्पले जित्नुपर्ने अपेक्षा गरिरहेको छ । युक्रेनसँग जारी युद्धलाई रोक्न ट्रम्प आए सहायता बन्द गर्ने अपेक्षा रुसको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ३ : ०९ बजे

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट

बाढीपहिरो प्रभावितको राहतका लागि राष्ट्रसेवक कर्मचारीले २ देखि १० दिनसम्मको तलब सहयोग गर्ने

काठमाडौँ- सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार