नेशनल चेम्बर अफ एग्रिकल्चर जापानले रोजगार परामर्श सेमिनार गर्दै  « Khabarhub

नेशनल चेम्बर अफ एग्रिकल्चर जापानले रोजगार परामर्श सेमिनार गर्दै 


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेशनल चेम्बर अफ एग्रिकल्चर (जापान) ले जापानमा कृषि क्षेत्रमा काम गर्न जाने युवाहरूका लागि परामर्श सेवा प्रदान गर्ने भएको छ ।

ललितपुरको होटल हिमालयनमा शनिवार संस्थाले जापान आउने जानकारी त्यहाँ आउने तरिका तथा शर्त लगायत कानुनी प्रक्रिया र जापानका कृषि व्यवसायीहरुसँग व्यक्तिगत रूपमा परिचय तथा साक्षात्कारसहित नेपाल र जापानका सरोकारवालाहरुबीच पारस्परिक सम्बन्ध विकास गर्ने उद्देश्यले  ‘रोजगार परामर्श सेमिनार–२०२४’आयोजना गर्न लागेको हो ।

सेमिनारको उद्घाटन बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले गर्ने छ ।

ललितपुरमा हुने सेमिनारमा २ सय जना प्रत्यक्ष सहभागी हुने र नेपाल जापान र अन्य मुलुकबाट पनि भने जुम माध्यममा सयौँको संख्यामा सहभागी हुने नेशनल चेम्बर अफ एग्रिकल्चर (जापान) नेपाल प्रतिनिधि डा. अनोज शाक्यले जानकारी दिए ।

‘जापानमा घटदो जन्मदर र श्रमशक्तिका कारण विदेशी जनशक्ति (कामदार) कृषिमा मात्र नभई अन्य क्षेत्रमा पनि बढ्दै गएको छ । नेपाली युवा अस्थायी कामदारका रूपमा मात्र जापान जान चाहन्छन् तर त्यहाँ कसरी जाने, के गर्ने भन्ने बारेमा अन्यौल छन् तसर्थ त्यो अन्यौलतालाई हटाउन र जापान र नेपालबीचको युवा जनशक्तिको निर्माणमा यस सेमिनार एउटा पुल बन्न सक्ने भएकोले यो सेमिनार आयोजना गरिएको हो,’ डा। शाक्यले भने ।

नेपालबाट जापानमा उचित रूपमा शिक्षित जनशक्ति पठाउन आवश्यक छ र नेपालको कृषि क्षेत्रको भविष्यलाई अगाडि बढाउन हाम्रो युवा जनशक्तिले ठुलो भूमिका खेल्नेछ भन्ने विश्वासका साथ नेपालले उत्कृष्ट मानव संसाधन वा भनौँ दक्ष जनशक्ति प्रदान गर्न र नेपाल र जापानबीचको सम्बन्धलाई थप निरन्तरता दिन पनि यो सेमिनार आवश्यक रहेको डा. शाक्यको भनाइ छ ।

जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालय अन्तर्गतको राष्ट्रिय कृषि परिषद् जापानले विगत ७० वर्षदेखि कृषि क्षेत्रमा काम गर्न जान प्राविधिक प्रशिक्षार्थी र निर्दिष्ट दक्ष कामदारहरुको कृषि सीप मुल्याकंन मापन सम्बन्धित परीक्षा सञ्चालन गरिरहेको एक प्रतिष्ठित सरकारी संस्था हो ।

यस संस्थाले गएका वर्षहरूमा भारतसहित अन्य १६ वटा मुलुकहरूमा जापानमा कृषि क्षेत्रमा काम गर्न जान प्राविधिक प्रशिक्षण वा आफ्नो सिप दक्षता अभिवृद्धि गर्न इच्छुक युवाहरूलाई लक्षित गरी परामर्श सेमिनारको आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ११ : ०९ बजे

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री