निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ : माधव सापकोटा « Khabarhub

निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ : माधव सापकोटा


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा माओवादी स्पष्ट रहेको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै सापकोटाले अहिलेको निर्वाचन प्रणाली नै अस्थिरताको मुख्य जड रहेकाले निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरी प्रणालीमा सुधारका लागि संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।

दलहरूबीच सहमति जुटे संसदबाट र सहमति जुट्न नसके जनतामाझ गएर राजनीतिक मुद्दा बनाई निर्वाचन प्रणाली सुधारमा जोड दिने उनको भनाइ छ । सापकोटाले माओवादीले आफ्नो स्पष्ट धारणा राख्दा पनि संविधान संशोधनमा सरकारको नेतृत्व गरेकाले कुनै चासो नदिएको जिकिर गरे ।

उनले प्राप्त भइरहेका अधिकार कटौती गर्न माओवादी सहमत नरहेको तर अग्रगमनका लागि हुने संविधान संशोधनमा तयार नै रहेको बताए ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  १ : ०२ बजे

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका