माओवादीले राष्ट्रियसभामा तीन महिला र तीन पुरुष पठाउने, यी हुन् उम्मेदवार « Khabarhub

माओवादीले राष्ट्रियसभामा तीन महिला र तीन पुरुष पठाउने, यी हुन् उम्मेदवार


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचनमा पठाउने उम्मेदवार टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको टुङ्गो लगाएको हो ।

गठबन्धनमा माओवादीलाई परेको भागअनुसार दुई अपाङ्गता भएका व्यक्ति र तीन महिला पठाउने निर्णय भएको हो ।

माओवादी महासचिव देव गुरुङका अनुसार कोशीबाट अपाङ्ग तथा महिलामा चम्पादेवी कार्की, बागमतीबाट अपाङ्गमा बागमतीबाट श्रीकृष्ण अधिकारी, कर्णालीबाट विष्णु विश्वकर्मा, सुदूरपश्चिमबाट रेणु चन्दको नाम बन्दसूचीमा परेको छ ।

उनीहरूलाई उम्मेदवार बनाउने सम्भावना बढी भएको गुरुङले बताए । उनका अनुसार गण्डकीबाट मनरूपा शर्मा, लुम्बिनीबाट झक्कु सुवेदीको नाममा छलफल हुँदै छ ।

गुरुङले भने, ‘यी नामहरू हामी अध्ययन गरिरहेका छौँ ।’ १९ सिटका लागि राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुँदैछ । १ जना सांसद सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्नेछन् ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले खबरहबलाई भने, ‘राजनीतिमा कुनै हावाहुरी नआए यी नामहरु फाइनल हुन् ।’

गठबन्धनलाई राष्ट्रियसभामा भागबन्डा मिलाउन सकस, साना दललाई पुगेन भाग

गठबन्धनले राष्ट्रपतिले मनोनीत गर्ने सिटमा जनमोर्चाकी उपाध्यक्ष पौडेललाई पठाउने !

राष्ट्रियसभा निर्वाचन : एमाले अध्यक्ष ओली अनौपचारिक छलफलमा

देउवाले ३ भन्दा बढी सिट दिन्न भनेपछि बैठकबाट निस्किए शेखर–गगन

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ३ : २२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्