दिल्लीमा १६ वर्षअघि सुनेको शेरबहादुरको ‘किस्सा’ « Khabarhub

दिल्लीमा १६ वर्षअघि सुनेको शेरबहादुरको ‘किस्सा’



२०६४ सालमा पहिलो संविधानसभाको चुनाव जितेर हामी युवा सभासदहरु संविधानसभामा थियौँ । एकपटक सबै पार्टीका युवा सभासदलाई दिल्ली भ्रमणमा लगियो । त्यो टिममा गगन थापा, रवीन्द्र अधिकारीहरु थिए, म पनि थिएँ ।

त्यहाँ एउटा कटकेल पार्टीमा एकजना भारतका हाइड्रोसम्बन्धी विज्ञ भेटिए । गगन र हामी सबैजना उभिइरहेको ठाउँमा उनी आए र सोधे, ‘तिमीहरु युवा हौ । तिमीहरुले आफ्नो देशलाई धनी कसरी बनाउछौ ? तिमीहरुसँग के छ योजना ?’

हामीमा युवा जोश थियो । हामीले ड्याङ–ड्याङ भन्यौं, ‘हामीसँग हाइड्रोको प्रचुर सम्भावना छ, हामी यसैलाई बेचेर देशलाई धनी बनाउँछौं ।’

त्यसपछि ती विज्ञले भने, ‘आजभन्दा १७ वर्ष अगाडि तिमीहरुका नेता शेरबहादुर देउवा, त्यतिबेला युवा हुनुहुन्थ्यो, दिल्ली आउनुभएको थियो । उहाँसँग यही प्रश्न सोध्दा ठ्याक्कै यही जवाफ दिनुभएको थियो । अब २० वर्षपछि तिमीहरुका छोरा आए भने पनि यही जवाफ दिन्छन् । तिमी नेपालीहरु कुरा गर्न माहिर छौ तर काम गरेनौ ।’

देश गम्भीर संकटमा छ

कूटनीति भनेको देशको आन्तरिक क्षमताको विस्तार हो । त्यो चाहे राजनीतिक होस् चाहे सांस्कृतिक । आजको युगमा जतिसुकै आदर्शका कुरा गरे पनि दुई देशको सम्बन्ध भनेको गिभ एण्ड टेकको हो । हामीसँग केही कुरा दिने छ भने नै उनीहरुसँग बाध्य पारेर लिन सकिन्छ ।

हाम्रो जुनप्रकारको भूराजनीति छ, त्यसमा आजको एक्काइशौं शताब्दीमा नेपालको कूटनीति विश्वस्तरमा जुन नयाँ ढंगबाट पावर सिफ्ट भइरहेको छ, त्यसमा नेपालले स्मार्ट तरिकाले काम गर्नुपर्ने अवस्था आएको छ । यो एक प्रकारको आवश्यकता र बाध्यता छ । यसो गरिएन भने ठूलो संकटको सामना गर्नुपर्ने हुन्छ ।

तर, हाम्रो तयारी न त राजनीतिक नेतृत्वमा छ, त ब्यूरोक्रेटिक नेतृत्वमा । हामीले अहिले साँचो कुरा पनि बोल्न सोच्नुपर्ने अवस्था छ । यो चुनौतीलाई हामी सबैले मिलेर सामना गर्नुपर्छ । अब विज्ञहरुले अलिकति अग्रभागमा आएर खुला भएर बोल्ने आँट गर्नुपर्छ । हैन भने मुलुक नै ठूलो संकटमा पर्ने म देखिरहेको छु । बुद्धिजीवीहरुले जे कुरा साँचो हो, त्यो बोल्नुपर्छ । यसो गर्ने हो भने हामीलाई पोलिसी निर्माण गर्न सजिलो हुन्छ ।

नेपाल–भारत सम्बन्धको कुरा गर्दा राजनीतिक तहमा एक प्रकारको न्यारेटिभ (भाष्य) बनेको छ । यदि हामी समयमै बदलिएको भए हाम्रो देश कहाँ पुग्थ्यो ? यसमा हामीले रिसर्च गरेर त्यस्ता मानिसहरुलाई दण्डित गर्नुपर्छ । अरुण तेस्रो कसका कारणले बनेन ? अनुसन्धान गरांैं ।

अहिले नेपालको जुन राष्ट्रवाद हो, यसले गरीबीलाई बढाएको छ । श्रम शक्तिलाई निर्यात गर्ने अवस्थामा पु¥याएको छ । हामी अहिले पनि ५० वर्ष अगाडिकै माइन्ड सेटमा काम गरिरहेका छौं । नेपाली सोसाइटी खुला समाज हो तर हाम्रा पोलिसी निर्माताहरु वा राजनीतिक नेताहरु पश्चिगामी र परम्परावादी माइन्डसेटबाट काम गरिरहेका छन् ।

(जसपाका सांसद यादव प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति हुन् । आइतबार काठमाडौंमा आईएसएसआरद्वारा आयोजित आर्थिक कूटनीति र नेपाल–भारत व्यापारसम्बन्धी विषयक अन्तरक्रियामा यादवले व्यक्त गरेको धारणाका आधारमा यो सामग्री तयार पारिएको हो ।)

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ७ : ३१ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा