दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

दिनभर आज राष्ट्रियसभा निर्वाचन : आयोगले निकाल्यो मतदाताको अन्तिम नामावली, यी हुन् एमालेबाट राष्ट्रियसभाका १९ उम्मेदवार, कहाँबाट को ?, कांग्रेसमा कोशीबाट सिटौलाको नाम फाइनल, अध्यक्ष पनि उनैलाई दिने सभापतिको तयारी, टुटलका संस्थापक भट्टलाई हाजिरी जमानीमा छाड्न आदेशलगायतका समाचारले प्रमुख स्थान पाए ।

राष्ट्रियसभा निर्वाचन : आयोगले निकाल्यो मतदाताको अन्तिम नामावली

राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदाताहरुको अन्तिम नामावली सार्वजनिक गरेको छ । अगाामी माघ ११ गते हुने निर्वाचनका लागि आयोगले आइतबार मतदाता नामावली सार्वजनिक गरेको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने व्यवस्था रहेको छ ।

यी हुन् एमालेबाट राष्ट्रियसभाका १९ उम्मेदवार, कहाँबाट को ?

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभामा पठाउने १९ जना उम्मेदवारहरु टुङ्गो लगाएको छ । पार्टी सचिवालय नेताका अनुसार अध्यक्ष ओलीले नामहरु फाइनल गरेका हुन् ।

एमालेले कोशीमा अन्यबाट भोजपुरका पर्शुराम अधिकारी र महिलाबाट सुनसरीकी रुक्मिणी चौधरीलाई उम्मेदवार बनाउने भएको छ । त्यसैगरी, एमालेले बागमतीबाट अन्यमा चितवनका त्रिलोचन निर्मल पौडेल, महिलामा दोलखाकी रोचकुमारी चौलागाईं, अल्पसंख्यक र अपंगता भएकाबाट काठमाडौंका विवेक देवकोटा र दलिततर्फ धादिङका ध्रुवराज विश्वकर्माको नाम सार्वजनिक गरेको छ ।

कांग्रेसमा कोशीबाट सिटौलाको नाम फाइनल, अध्यक्ष पनि उनैलाई दिने सभापतिको तयारी

नेपाली कांग्रेसले कोशी प्रदेशमा कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभाको उम्मेदवार बनाउने भएको छ । कांग्रेस स्रोतका अनुसार उनको नाम फाइनल भएपनि औपचारिक निर्णय हुन बाँकी छ ।

कांग्रेसले राष्ट्रियसभा अध्यक्षका लागि सिटौलालाई उम्मेदवार बनाउने तयारी समेत गरेको छ । सभापति शेरबहादुर देउवा सिटौलालाई अध्यक्ष बनाउन नरम देखिएका छन् ।

टुटलका संस्थापक भट्टलाई हाजिरी जमानीमा छाड्न आदेश

जिल्ला अदालत काठमाडौंले टुटलका प्रमुख शिक्षित भट्टलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीश शकुन्तला कार्कीको इजलासले भट्टलाई हाजिर जमानीमा रिहा गर्न आदेश दिएको हो।

आपराधिक विश्वासघात तथा प्रतिलिपि अधिकार ऐन सम्बन्धी कसुरको मुद्दामा अदालतले प्रतिवादीलाई थुनामा नै राखी मुद्दा अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था नदेखिएको भन्दै चाहेको समयमा अदालत उपस्थित हुने गरी रिहा गर्न आदेश गरेको हो।

कोशीका मुख्य न्यायाधिवक्ता कोइरालाले लिए सपथ

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त रुपेश कोइरालाले पद तथा गोपनियताको सपथ लिएका छन् ।

आइतबार विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश रमेशप्रसाद राजभण्डारीले नवनियुक्त मुख्य न्यायाधिवक्ता कोइरालालाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

कांग्रेस कार्यसम्पादन समितिको बैठकमा शेखर–गगन पनि, इतर खेमा ४ सिटको अडानमा कायमै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन संस्थापनइतर समूहका नेताहरु पनि पार्टी केन्द्रीय कार्यलय सानेपा पुगेका छन् । बैठकमा शेखर कोइराला, गगन थापा, धनराज गुरुङलगायतका नेताहरु पनि पुगेको कांग्रेस प्रवक्ता मीन विश्वकर्माले जानकारी दिए ।

यसअघि सभापति देउवा निवासमा शेखर र देउवा पक्षको बैठक बसेको थियो । सो बैठकमा शेखर पक्षले ४ सिटको अडान राखेको थियो । तर, देउवाले ३ सिट दिने भनेपछि उनीहरुले बैठक छाडेर निस्किएका थिए ।

माओवादीले राष्ट्रियसभामा तीन महिला र तीन पुरुष पठाउने, यी हुन् उम्मेदवार

नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचनमा पठाउने उम्मेदवार टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको टुङ्गो लगाएको हो ।

गठबन्धनमा माओवादीलाई परेको भागअनुसार दुई अपाङ्गता भएका व्यक्ति र तीन महिला पठाउने निर्णय भएको हो ।

राष्ट्रियसभा निर्वाचन : बागमती प्रदेशबाट तीन सय ४७ ले मतदान गर्ने

बागमती प्रदेश, राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि आज अन्तिम मतदाता नामावलीको सूची सार्वजनिक गरिएको छ । प्रदेश निर्वाचन कार्यालय मकवानपुरले बागमती प्रदेश (क्लस्टर) मा चार पदको निर्वाचनका लागि कुल तीन सय ४७ मतदाताको सूची सार्वजनिक गरेको हो ।

निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले चार पदका लागि यही पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्ममा राजनीतिक दलहरुका तर्फबाट र स्वतन्त्र उम्मेदवारहरुले आ–आफ्नो उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिएको जानकारी दिए।

गठबन्धनभित्र असन्तुष्टि कायम राख्दै समाजवादीले राष्ट्रियसभामा दुई पदमा उम्मेदवारी दिने

नेकपा एकीकृत समाजवादीले गठबन्धनभित्र असन्तुष्टि कायम राख्दै राष्ट्रियसभा सदस्य निर्वाचनमा दुई पदमा उम्मेदवारी दिने भएको छ ।

पार्टी कार्यालय आलोकनगरमा आइतबार बसेको समाजवादीको सचिवालय बैठकले सिट बाँडफाँटका विषयमा गठबन्धनभित्र असन्तुष्टि कायम राख्दै दुई सिटमा उम्मेदवारी दिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

चिकित्सा शिक्षालाई खुकुलो बनाउनुपर्छ : स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले डाक्टर र नर्स प्रशस्त उत्पादन गर्नका लागि चिकित्सा शिक्षा ऐन संसोधन गरेर चिकित्सा शिक्षा विधाको अध्ययन खुकुलो बनाउनुपर्ने बताएका छन् ।

आइतबार कान्ति बाल अस्पतालको वार्षिकोत्वसमा बोल्दै स्वास्थ्यमन्त्री बस्नेतले डाक्टर र नर्स उत्पादन गरी विदेश पठाएर धेरै पैसा कमाउन ध्यान दिनुपर्ने पनि बताए । खाडीमा ३० हजार रुपैयाँ कमाउनुभन्दा डाक्टर र नर्स प्रशस्त उत्पादन गरी विदेश पठाउँदा २० लाखसम्म कमाइ हुने बताउँदै उनले विदेशमा डाक्टर र नर्सलाई धेरै तलब तथा इज्जत मान, पतिष्ठान पनि हुने भएकाले अब यो क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताए ।

त्रिपक्षीय सम्झौतामार्फत नेपालको बिजुली बङ्गलादेश लगिने

नेपाल र भारतबीच ऊर्जा क्षेत्रको साझेदारीका विभिन्न आठ वटा विषयमा महत्त्वपूर्ण छलफल भई सहमति भएको छ ।

भारतीय विदेशमन्त्री डा एस जयशङ्करको नेपाल भ्रमणको सन्दर्भमा प्रसारण लाइन तथा ऊर्जा क्षेत्रका विषयमा महत्त्वपूर्ण सहमति भएका हुन् ।

 

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ९ : ०० बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले