अफगानिस्तानविरुद्धको टी–२० सिरिज खेल्ने भारतीय टिमको घोषणा | Khabarhub Khabarhub

अफगानिस्तानविरुद्धको टी–२० सिरिज खेल्ने भारतीय टिमको घोषणा


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले अफगानिस्तानविरुद्धको टी –२० सिरिजका लागि टिमको घोषणा गरेको छ। जनवरी ११ देखि हुने तीन खेलको टी –२० सिरिजका लागि कप्तान रोहित शर्मा र विराट कोहलीले टिममा कमब्याक गरेका छन्।

रोहित शर्मा र विराट कोहली २०२२ को नोभेम्बर १० मा इङल्याण्डविरुद्धको खेलपछि टी–२० टिममा फर्किएका छन्। उनीहरुलाई आगामी टी –२० विश्वकपलाई ध्यानमा राख्दै टिममा फर्काइएको हो।

अफगानिस्तानविरुद्धको टी –२० सिरिजको कप्तानी रोहित शर्माले गर्ने भएका छन्। यस सिरिजमा सूर्यकुमार यादव र हार्दिक पाण्डेय खेल्ने छैनन्। दुवै इन्जुरीका कारण टिम बाहिर रहेका छन्।

भारतीय टिममा रोहित शर्मा (कप्तान), शुभमन गिल, यशस्वी जैसवाल, विराट कोहली, तिलक बर्मा, रिंकु सिंह, जितेश शर्मा, सन्जु सामसन, शिभम दुवे, वाशिंटन सुन्दर, अक्सर पटेल, रवि विश्नोई, कुलदीप यादव, अर्शदीप सिंह, आभेश खान र मुकेश कुमार रहेका छन्।

भारतले अफगानिस्तानविरुद्ध जनवरी ११ मा पहिलो, जनवरी १४ मा दोस्रो र जनवरी १७ मा तेस्रो खेल खेल्ने छ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ८ : ०७ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल असार १७ गते मंगलबार। असार

आज २०८२ साल असार १७ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १७ गते मंगलबार। असार

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले