काठमाडौंको सुरक्षामा ‘इ–क्यूआरटी’ परिचालित | Khabarhub Khabarhub

काठमाडौंको सुरक्षामा ‘इ–क्यूआरटी’ परिचालित


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यकामा थप शान्ति, सुरक्षा सुदृढ बनाउन, अपराध नियन्त्रण एवं न्यूनीकरणका लागि जीपीएस प्रणालीसहित इलेक्ट्रोनिक्स क्वीक रेस्पोन्स टिम ‘इ–क्यूआरटी’ परिचालन सुरु भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी सेवा चुस्त एवं सेवालाई प्रविधिमैत्री बनाउनका लागि ‘सेफर भ्याली प्रोजेक्ट’ अवधारणाअन्तर्गत नागरिकका गुनासो तथा घटनाको ‘क्वीक रेस्पोन्स’ गर्न इ-क्यूआरटी परिचालन गरेको हो ।

प्रहरीलाई प्रविधिमैत्री तथा प्रमाण र तथ्यमा आधारित अपराध अनुसन्धानलाई थप बलियो बनाउँदै खटिएका प्रहरी कर्मचारीमाथिको नियमनलाई समेत प्रभावकारी बनाउन प्रविधिमा आधारित क्वीक रेस्पोन्स टिम परिचालन गरिएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले बताए ।

पहिलो चरणमा काठमाडौं जिल्लाभरिका ६० टिमलाई डिजिटल प्रविधिसहित परिचालन गरिएको छ । जिल्ला प्रहरी परिसर तथा मातहत वृत्त/प्रभागबाट जीपीएस प्रणालीद्वारा प्रहरीको क्वीक रेस्पोन्स टिमलाई सम्बन्धित घटना घटेको स्थानमा यथाशीघ्र पुग्ने वातावरण निर्माण गर्न २४सै घण्टा प्रहरी नियन्त्रण कक्षबाट ‘ट्रयाकिङ’ गर्न सकिनेगरी विद्युतीय प्रणाली जडान गरिएको छ ।

टोली घटनास्थलमा पुग्नासाथ घटनास्थलको यथार्थ विवरणसहित प्रहरी काम कारबाही र पीडित वा सेवाग्राहीसँग गरेको व्यवहारको समेत स्वचालितरूपमा नियन्त्रण कक्षमै रेकर्ड हुने तथा नियन्त्रण कक्षबाट समेत क्यूआरटी टिमको गतिविधि तथा घटनास्थलको बारेमा लाइभ हेर्न सक्ने गरी ६० क्यूआरटीको शरीरमा क्यामरासमेत थप गरिएको छ ।

उनीहरू पहिलो रेस्पोन्स गर्ने टोलीको रूपमा २४सै घण्टा फिल्डमा परिचालन हुने खत्रीले बताए । उनीहरूमार्फत प्रहरीको कारबाहीलाई शीघ्र, चुस्त एवं प्रभावकारी बनाउनका लागि टोलीलाई जीपीएस ट्र्याकिङ डिभाइस, भिडियो क्यामेरा, रेडियो सेट, बत्तीसहितको साइरनलगायत अन्य सुरक्षा सामग्रीसहित खटाइएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले उक्त टोलीमार्फत अब काठमाडौं उपत्यकाको सुरक्षा प्रविधिमैत्री हुँदै थप प्रभावकारी हुनेसमेत बताए । उनले प्रहरीलाई प्रविधिमैत्री बनाउने काममा उपत्यका प्रहरीले उच्च प्राथमिकता दिँदै आएको बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  १० : ५७ बजे

राजनीति नाफा-घाटाको व्यापार होइन : मुख्यमन्त्री बानियाँ

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनतालाई न्याय, शान्ति र

संसद्‌मा राप्रपाको नारा- भ्रष्टाचारी सरकार मुर्दावाद !

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद रोशन कार्कीले संसद्मा सरकारलाई

झापामा रातभर रुखमा बाँधिएका वृद्धको ज्यान गयो, छोरासहित चारजना समातिए

झापा- झापा गाउँपालिका–१, लसुनामा एकजना पुरुषको शव रुखमा बाँधिएको अवस्थामा

सिराहामा पेस्तोलसहित तीन भारतीय नागरिक पक्राउ

सिराहा– यहाँको नरहा गाउँपालिका–३ स्थित चोहर्वा–सडकखण्डमा प्रहरीको नियमित जाँचका क्रममा

अर्थमन्त्री पौडेल भन्छन्- सडकलाई हिलो र धुलोरहित बनाउन सरकार लागिरहेको छ

काठमाडौं– उपप्रधान एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्रिय महत्वका सडक