उपनिर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने « Khabarhub

उपनिर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी वैशाख १५ गते इलाम–२ र बझाङ प्रदेश–१ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका उम्मेदवारविरुद्ध उजुरी भए आज दिन सकिने छ ।

निर्वाचन आयोगका अनुसार उम्मेदवारविरुद्ध बिहान १० देखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने छ । आयोगले आजै अपराह्न ५ बजे उम्मेदवारविरुद्ध परेका उजुरी उपर जाँचबुझ गरी निर्णय गर्नेछ ।

उपनिर्वाचनका लागि इलाम –२ मा १२ राजनीतिक दलका १२ र ८ स्वतन्त्र गरी २० जनाले उम्मेदवारी दिएका छन् । उता, बझाङ प्रदेशसभा– मा १२ राजनीतिक दलबाट १२ जनाको उम्मेदवारी परेको छ ।

आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार अनुसार चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ ।

आगामी वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

यो पनि…
इलाम–२ मा आठ स्वतन्त्रसहित २० जनाको उम्मेदवारी दर्ता

गणितीय भ्रममा अल्झिएको इलामको उपचुनाव

इलामका जनताको खुसी ल्याउन उम्मेदवारी दियौँ : रास्वपा

सुहाङलाई जिताउन तीन पार्टीको संयुक्त अपिल, विप्लवको पनि समर्थन

 

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ६ : ५६ बजे

शासकीय सुधारका लागि सरकारले सार्वजनिक गर्‍यो सय कार्यसूची (पूर्णपाठ)

काठमाडौं – नेपाल सरकारले शासकीय सुधारलाई तीव्र बनाउने उद्देश्यसहित १००

बालेन सरकारको निर्णय : संघीय मन्त्रिपरिषद् २५ बाट १७ मा झार्ने, दलीय ट्रेड युनियन खारेज गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र शाह नेतृत्वको सरकारले

ओली–लेखक पक्राउ : पूर्णबहादुर खड्काले निकाले छुट्टै विज्ञप्ती

काठमाडौं – नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष अहिले थप सतहमा

पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

इलाम – हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला

आज पनि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं – आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भएको