आजका समाचार : प्रधानमन्त्रीलाई भेट्न गएनन् बालेन, मधेशमा गठबन्धनकाे नयाँ सरकार | Khabarhub Khabarhub

आजका समाचार : प्रधानमन्त्रीलाई भेट्न गएनन् बालेन, मधेशमा गठबन्धनकाे नयाँ सरकार


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


10k
Shares
  • change font
  • change font
  • change font

सरकारको स्पष्टीकरण : राजदूत फिर्ता नियमित प्रक्रिया, परम्पराको निरन्तरता

सरकारले विभिन्न ११ देशबाट नेपाली राजदूत फिर्ता बोलाउने निर्णय नियमित प्रक्रिया भएको स्पष्ट पारेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले सरकार फेरिँदा राजदूतलाई पनि फिर्ता बोलाउने परम्परा रहेको बताइन् ।

दलीय स्वार्थमा फेरिन्छन् राजदूत : मुलुकको छविमा कस्तो असर पर्छ ?

योजना आयोगको सदस्यमा डा. सिंह नियुक्त

प्रधानमन्त्रीको तर्क- सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डोर्‍याउनुपर्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डोर्‍याउनुपर्ने र त्यसका लागि सकारात्मक पहलकदमी लिनुपर्ने बताएका छन् ।

सहकारी केन्द्र नेपालको प्रथम राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै नेकपा(माओवादी केन्द्र) का अध्यक्ष ‘प्रचण्ड’ले सबै तहका पार्टी कमिटीमा सहकारी संस्थाको अध्ययन गरेर सही बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

सामाजिक संस्था आन्तरिक उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनामा लाग्नुपर्छ : प्रधानमन्त्री

दश वर्षमा ३० खर्बको आईटी निर्यात र १५ लाख रोजगारी सिर्जनाको लक्ष्य छ : प्रधानमन्त्री

प्रधानमन्त्रीसँग ‘मेयर्स फोरम’को बैठक, सुनिता सहभागी हुँदा बालेन गएनन्

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग काठमाडौं उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च ‘मेयर्स फोरम’का पदाधिकारीहरूले भेट गरेका छन् ।

प्रधानमन्त्रीले आयोजना गरेको छलफल काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा सङ्घीय सरकार र स्थानीय सरकारको भूमिकाबारे केन्द्रित थियो।

बालेनबारे ‌ओलीको कटाक्ष : भैंसीलाई चार लात्ती हाने भनेर झिँगो दंग परे जस्तै हो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गिरीबन्धु टी स्टेट प्रकरणमा आफूलाई घेर्न गरेको कोसिसबारे जवाफ दिएका छन् ।

शुक्रबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँगको सवाल-जवाफका क्रममा ओलीले बालेन्द्रले गिरीबन्धुमा आफूलाई गर्न खोजेको घेराबन्दी झिंगाले भैंसीलाई लात्ती हाने जस्तै भएको टिप्पणी गरे ।

ओली भन्छन्, पार्टीका काममा महिलाको सहभागिता बढाऔँ, भ्रष्टाचार कम हुन्छ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको काममा महिलाको सहभागिता बढाउनुपर्नेमा जोड दिएका छन् ।

एमाले चितवनको नवनिर्वाचित समितिको सपथग्रहण समारोहका अवसरमा आज उनले पार्टी कामलाई पनि महिलाहरूको बीचमा लैजान निर्देशन दिए । उनले भने, ‘महिलाहरूले जिम्मेवारी लिएको ठाउँमा पुरुषको तुलनामा भ्रष्टाचार कम भएको पाइएको छ ।’

मन्त्री शर्माको तर्क- निर्वाचन प्रणालीका कारण संघमा राजनीतिक स्थिरता हुन सकेन

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको निर्वाचन प्रणालीका कारण संघमा राजनीतिक स्थिरता कायम हुन नसकेको बताइन् ।

शुक्रबार काठमाडौंमा डिजिटल नेपाल कन्क्लेभअन्तर्गतको पावर संवाद सत्रमा उनले मुलुकको संवैधानिक व्यवस्था, निर्वाचन प्रणालीका कारण संघमा पटक पटक सरकार परिवर्तन हुने अवस्था आएको र राजनीतिक स्थिरता कायम हुन नसकेको बताएकी हुन् ।

गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्न एक महिनाभित्र नियमावली बनिसक्छ : गृहमन्त्री

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले गाँजा खेतीको सम्भाव्यताबारेमा अध्ययन तथा अनुसन्धान गर्न यथाशीघ्र नियमावली बनाउने प्रतिबद्धता जनाएका छन् ।

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा समावेश गाँजा खेतीबारे छलफल गर्न प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा गृहमन्त्री लामिछानेले यसबारे पर्याप्त छलफल भइसकेकाले अब कुनै अलमल नरहेको बताए ।

सचेत भएर गाँजालाई वैधानिकता दिने गरी कानूनी व्यवस्था गर्नुपर्छ : अर्थमन्त्री पुन

नीति निर्माता तथा विज्ञहरू गाँजा खेतीका लागि अध्ययन र अनुसन्धानमा लचिलो देखिएका छन् ।

आगामी आव २०८१/८२ को बजेटमा समावेश गरिएको गाँजा खेतीबारे आज प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा छलफल भएको थियो । उक्त छलफलमा सहभागीहरूले गाँजाको व्यावसायिक उत्पादन गर्नुपर्नेमा जोड दिनुपर्ने बताए ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन-२०६४ छिट्टै संशोधन गरी कार्यान्वयन गर्छौँ : मन्त्री चौधरी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन–२०६४ छिट्टै संशोधन गरेर कार्यान्वयन गर्ने बताएकी छन् ।

शुक्रबार काठमाडौंमा महिला कानून र विकास मञ्च (एफडब्ल्यूएलडी)ले नेपालले आयोजना गरेको कार्यक्रममा मन्त्री चौधरीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी उपलेख (पार्लेमो) प्रोटोकलमा हस्ताक्षर गरिसकेपछि अहिले कानून निर्माणको चरणमा रहेको बताइन् ।

नेपाली कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ : महामन्त्री थापा

मोरङ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसले जिम्मेवारीपूर्वक एवं सशक्त ढङ्गले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कांग्रेस प्रतिपक्षमा रहेकाले सोहीअनुसार भूमिका निर्वाह गर्ने र यो बाहेक अन्य  कुनै विकल्पमा नजाने प्रस्ट पारे  ।

महामन्त्री थापाले नेकपा (एमाले) अथवा नेकपा माओवादीसँग मिलेर सरकार बनाउने कुनै प्रयास र छलफल नगर्ने बताए ।

रविलाई सम्भवको गम्भीर आरोप : सहकारी ठगीको समाचार रोक्न नमान्दा बुवालाई पक्राउ गराए

कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले सहकारी ठगीसम्बन्धी समाचार रोक्न नमान्दा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बुवा कैलाश सिरोहियालाई पक्राउ गराएको आरोप लगाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले सहकारी घोटालाको समाचार लुकाउन आफूहरूलाई गरेको धेरैपटकको आग्रहलाई अस्वीकार गर्दा कान्तिपुर मिडिया ग्रुपका अध्यक्षसमेत रहेका सिरोहियालाई नागरिकता कसुरमा पक्राउ गरिएको जिकिर सम्भवले गरेका हुन् ।

देशभरका सरकारी, सार्वजनिक र गुठी जग्गासम्बन्धी अभिलेखीकरण गरी पेश गर्न सरकारलाई निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले देशभर रहेका सार्वजनिक, सरकारी, गुठी, सामुदायिक जग्गासम्बन्धी अभिलेखीकरण गरी पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सार्वजनिक, सरकारी, गुठी, सामुदायिक जग्गासम्बन्धी अभिलेखीकरण मा तीन तहबीच नीतिगत स्पष्टता नदेखिएको भन्दै मुलुक भर रहेका त्यस्ता जग्गाहरूको यकिन अभिलेखीकरण गर्दै समितिमा पेश गर्न निर्देशन दिएको हो ।

जग्गाको अभिलेख अद्यावधिक गर्न पुनः नापी आवश्यक : मन्त्री अधिकारी

बाल मन्दिरको जग्गा प्रकरणमा पूर्वउपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ

बाल मन्दिरको जग्गा प्रकरणमा केन्‍द्रीय अनुसन्धान ब्युरोले कांग्रेस नेता तथा नेपाल बाल संगठनका पूर्वउपाध्यक्ष तुलसीनारायण श्रेष्ठलाई पक्राउ गरेको छ।

काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा बाल संगठनका पूर्वउपाध्यक्ष श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले शुक्रबार पक्राउ गरेको हो ।

भ्रष्टाचार न्यूनीकरणसहित यस्ता छन् मधेशका मुख्यमन्त्रीका योजना

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिस सिंहले पदभार ग्रहण गरेका छन् । शुक्रबार शपथ ग्रहण गरेलगत्तै जनकपुरधामस्थित सहिद गेट पुगेर सहिदको शालीकमा माल्यार्पणपछि पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गरेलगत्तै सिंहले सहिद परिवार, संघीयता र गणतन्त्रका संस्थापक नेता गजेन्द्र नारायण सिंह तथा रामराजा प्रसाद सिंहलक्षित कार्यक्रमदेखि कृषि, शिक्षा, सञ्चार र खेलकुदलाई प्राथमिकतामा राख्दै विभिन्न निर्णय गरेका छन् ।

मधेश प्रदेशमा नवनियुक्त मुख्यमन्त्रीसहित १० मन्त्रीले लिए शपथ

मुख्यमन्त्री पाण्डेले जेठ २८ गते विश्वासको मत लिने

गण्डकी- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यही जेठ २८ गते विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री पाण्डेले जेठ २८ गते दिउँसो ३.०० बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिने प्रयोजनका लागि आज गण्डकी प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएको प्रदेशसभा सचिव हरिराज पोखरेलले जानकारी दिए। विश्वासको मत लिने सम्बन्धमा प्रदेशसभा सचिवालयले सूचना जारी गरिसकेको छ ।

उपेन्द्र यादवको मुद्दा हेर्दाहेर्दैमा

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको मुद्दाको बहस नसकिएपछि हेर्दाहेर्दै राखिएको छ ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भएको थियो ।

गोविन्द केसीले दिए दुर्गा प्रसाईंलाई अराजक र न्यायाधीशहरूलाई भ्रष्टको संज्ञा

प्रा. डा. गोविन्द केसीले दुर्गा प्रसाईं सञ्चालक रहेको झापास्थित बी एन्ड सी मेडिकल कलेजलाई लाइसेन्सको ढोका खोलिदिने सर्वोच्च अदालतको फैसला नसच्चिए सत्याग्रहमा उत्रिने चेतावनी दिएका छन् ।

शुक्रबार सात बुँदे विज्ञप्ति निकालेका उनले दुर्गा प्रसाईं अराजक भन्दै उनको कलेजले मापदण्ड र प्रक्रिया दुवै पूरा नगरेकाले लाइसेन्स दिन नहुने जिकिर गरेका छन् ।

गोविन्द केसीले मागे प्रधानमन्त्रीको राजीनामा, दुर्गा प्रसाईंको पक्षमा सर्वोच्चको फैसालको विरोध

नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक घुससहित पक्राउ

कपिलवस्तु नापी कार्यालय, चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता घुस रकम सहित पक्राउ परेका छन् ।

अन्तर्राष्ट्रिय…

एनडीएको नेता चुनिए मोदी

प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) संसदीय दलको नेतामा निर्वाचित भएका छन् ।

एनडीएमा रहेका १३ दलका नेताहरुको बैठकले मोदीलाई संसदीय दलको नेता चयन गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री पक्का गरेपछि मोदीको सम्बोधन – मेरो नजरमा सबै धर्म समान छन्

मे महिनामा चीनको निर्यातमा वृद्धि : भन्सार

मे महिनामा चीनको निर्यात अपेक्षा गरिएभन्दा निकै बढी बढेको तर आयातमा कमी आएको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ ।

राजश्व प्रशासनले अप्रिलको १.५ प्रतिशतको तुलनामा निर्यातमा धेरै राम्रो भएको र यो दरले ब्लुमबर्ग सर्वेक्षणमा विश्लेषकले गरेको ५.७ प्रतिशतको पूर्वानुमानलाई पनि उछिनेको बताएको छ ।

खेलकुद…

बास्केटबल टोली चीन जाने

छैटौँ एसियाली विश्वविद्यालय थ्री एक्स थ्री बास्केटबल प्रतियोगितामा सहभागी हुन चार पुरुष खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली आज चीनको झौसन प्रस्थान गर्ने भएको छ ।

यही जेठ २९ देखि ३१ गतेसम्म हुने उक्त प्रतियोगितामा मनिष केसी (कप्तान), निकेश राखल मगर, सुदीप पौडेल क्षेत्री र श्रेयश शाहले नेपालको प्रतिनिधित्व गर्नेछन् । प्रशिक्षक तथा व्यवस्थापकको भूमिकामा भने सुशील गुरुङ रहेका छन् ।

 

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  ८ : २७ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः