मीना ढकाल पक्राउ, मनोज गजुरेलको घरमा ताला लगाउन दलबलसहित पुगेकी थिइन् « Khabarhub

मीना ढकाल पक्राउ, मनोज गजुरेलको घरमा ताला लगाउन दलबलसहित पुगेकी थिइन्


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


82.4k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – पछिल्लो समय विभिन्न विवादित अभिव्यक्ति दिँदै आएकी मीना ढकाललाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजन कार्कीले ढकाललाई साइबर क्राइमसम्बन्धी मुद्दामा पक्राउ गरिएको जानकारी दिए ।

‘मीना ढकाललाई भक्तपुरबाट पक्राउ गरिएको छ, उनलाई साइबर क्राइमसम्बन्धी मुद्दामा हिरासतमा लिएका छौँ’, कार्कीले खबरहबसँग भने, ‘उनीविरुद्ध भक्तपुर परिसरबाटै अब मुद्दा अघि बढाउँछौँ ।’

प्रहरीका अनुसार ढकाल दलबलसहित आइतबार बिहान भक्तपुरको बालकोटस्थित मनोज गजुरेलको घरमा ताला लगाउन पुगेकी थिइन् ।

गजुरेलसँग सम्बन्ध विच्छेद गरेको लामो समय बितिसक्दा पनि उनले पछिल्लो पटक बालकोटको घर आफ्नो भन्दै त्यहाँ आफू बस्ने बताइरहेकी थिइन् ।

डीएसपी कार्कीले बालकोटस्थित गजुरेलको घरमा ताला लगाउन केही युवाहरूसहित पुगेको अवस्थामा ढकाललाई नियन्त्रणमा लिएको जानकारी दिका छन् ।

मीना दलबलसहित बालकोट पुग्दा उनका पूर्वपति मनोज भने घरमा थिएनन् । उनले मनोजकी ८५ वर्षीया आमालाई धाकधम्की दिएर घरमा चाबीसमेत लगाइसकेकी थिइन् ।

मनोजको घरमा चाबी लगाएर बाहिरिँदै गरेको अवस्थामा छिमेकीहरूले प्रहरीलाई खबर गरिदिएका थिए। त्यसपछि तत्कालै पुगेको प्रहरीले मीनालाई हिरासतमा लिएको हो ।

मनोजले मीनासँगको सहमतिमै २०७४ सालमा सम्बन्धविच्छेद गरेका थिए । उनले अहिले अर्को बिहेसमेत गरिसकेका छन् ।

तर मीनाले सामाजिक सञ्जालमा मनोजको चरित्रहत्या गरिरहेपछि साइबर क्राइमसम्बन्धी उजुरी परेको थियो । उजुरी परिसक्दा पनि मीना आइतबार दलबलसहित मनोजको घरमा ताला लगाउन जाँदा समातिएकी हुन् ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  १२ : ३८ बजे

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक