कर्णाली नदीले खतरा तह नाघ्यो, ३ नदी सतर्कता तहमाथि « Khabarhub

कर्णाली नदीले खतरा तह नाघ्यो, ३ नदी सतर्कता तहमाथि


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशकै लामो नदी कर्णालीले डोटीको ठूलीगाढमा खतरा तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागले ठूलोगाढ जलमापन केन्द्रमा कर्णाली नदी खतराको तहमाथि पुगेको जानकारी दिएको हो ।

सो जलमापन केन्द्रमा निर्धारित खतराको तह ६.५ मिटर निर्धारण गरिएको छ । तर, दिउँसो १२ बजेर ५० मिनेट जाँदा कर्णालीको जल सतह ८.७६ मिटर पुगेको छ ।

अहिले पनि कर्णाली नदीको बहाव बढिरहेको विभागले जानकारी दिएको छ । सो स्थानमा कर्णालीको सतर्कता तह ५.५ मिटर हो ।

यो समाचार तयार पार्दासम्म बर्दियास्थित चेपाङ स्टेशनमा बबई नदीको जलसतह ५.६५ मिटर उचाइमा पुगेको छ । डडेलधुरास्थित पारीगाउँमा महाकाली नदि ६.१८ र चितवनमा नारायणी नदी चितवनको देवघाटमा ७.६७ मिटरमा पुगेको छ । यी तीनवटै नदीले सतर्कता तह पार गरेको हो ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  १ : १४ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने