चितवनको दियालो बंगला दरबार सर्वसाधारणका लागि खुल्ला « Khabarhub

चितवनको दियालो बंगला दरबार सर्वसाधारणका लागि खुल्ला


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा चितवनको ऐतिहासिक दियालो बंगला दरबार आजदेखि सर्वसाधारणको अवलोकनका लागि खुल्ला गरिएको छ ।

आइतबार आयोजित एक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक पर्यटनमन्त्री हितबहादुर तामाङले दियालो बंगला दरबार अवलोकनको शुभारम्भ गरेका हुन्  ।

विसं २०१९ निर्माण भएको दरबार नेपाल ट्रष्ट र भरतपुर महानगरको पहलमा सर्वसाधारणको लागि अवलोकन गर्ने व्यवस्था मिलाइएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटनमन्त्री तमाङले भरतपुर भ्रमण वर्ष २०२४ सफल बनाउन दियालो बंगलाले महत्त्वपूर्ण सहयोग पुर्‍याउने बताए ।

मन्त्री तामाङले पूर्व राजाहरूले पूर्व पश्चिम र राज्यको सबै ठाउँमा शासन सत्ता चलाउनको लागि उपयोग गरेको अहिले जनतालाई अध्ययन तथा अवलोकनका लागि खुला गर्ने कार्य महत्त्वपूर्ण रहेको उल्लेख गरे  ।

देशको मध्य भागमा रहेकोले दियालो बंगला खुला गरेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको लागि महत्त्वपूर्ण गन्तव्य बन्ने उनको विश्वास छ ।

त्यस्तै महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा अघि सारेका विभिन्न योजना मध्ये दियालो बंगला सर्वसाधारणका लागि खुला गर्ने कार्य पनि महत्त्वपूर्ण रहेको बताइन् ।

भ्रमण वर्षको अवसरमा वन्यजन्तु उद्धार केन्द्रलाई ओपन जुको रुपमा सञ्चालनमा ल्याइएको र भारतीय पर्यटकलाई सहज आगमनको लागि ठोरी छोटी भन्सार सञ्चालनमा ल्याइएको उनको भनाई छ ।

त्यस्तै नेपाल ट्रष्टका सदस्य सचिव सुनिता गौतमले राजाहरूको विलासी जीवनशैली दरबार घुमेपछि बुझ्न सकिने उल्लेख गरिन्  । भरतपुर वडा नम्बर १ मा अवस्थित उक्त दरबारमा राजा महेन्द्रको निधन भएकाले ऐतिहासिक मानिएको छ ।

विशेष गरी हिउँदमा चिसो छल्न राजा र राजपरिवारका सदस्य दियालो बंगला बसाइँ गर्ने गरेकाले यसलाई शीतकालीन दरबार पनि भन्ने गरिन्छ  दियालो बंगला क्षेत्र ५२ बिघाको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ६ : ०८ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक