कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको फाइनलमा झापा र भोजपुर « Khabarhub

कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको फाइनलमा झापा र भोजपुर


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको बुइपामा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको फाइनलमा झापा र भोजपुर प्रवेश गरेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा आज सम्पन्न सेमिफाइनल खेलमा झापा ताप्लेजुङलाई शून्यका विरुद्ध छ तथा भोजपुर ओखलढुङ्गालाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

झापाको जितका लागि जर्सी नं ८ की खेलाडी जेनिफर रानामगर एक्लैले छ गोल गर्न सफल भएको जिल्ला खेलकुद विकास समिति खोटाङका प्रमुख लीलाभक्त केसीले जानकारी दिए। पहिलो हाफको १४, १६, २७ र २९औँ मिनेट तथा दोस्रो हाफको १७ र २०औँ मिनेटमा छ गोल गर्न सफल जेनिफर प्रतियोगिताको ‘म्यान अफ दी म्याच’समेत घोषित भइन् ।

झापा आजै भएको क्वाटरफाइनल खेलमा तेह्रथुमलाई शून्यका विरुद्ध चार गोल गर्दै सेमिफाइनल प्रवेश गरेको थियो । यस्तै, भोजपुरको जितका लागि पहिलो हाफको तीन मिनेटमा जर्सी नं ११ की खेलाडी आशिका कार्की र छैटौँ मिनेटमा जर्सी नं १५ की खेलाडी सविना तामाङले एक÷एक गोल गर्न सफल भएको आयोजकले जनाएको छ ।

भोजपुर र ओखलढुङ्गाबीचको सेमिफाइनल खेलको ‘म्यान अफ दी म्याच’ भने भोजपुरकी जर्सी नं १४ की खेलाडी आरती भुजेल घोषित भइन् ।

जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजन तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा सञ्चालित कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको फाइनल खेल यही असार २५ गते दिउँसो १ बजेदेखि सुरु हुने छ । यही असार २० गतेदेखि सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाका महिला खेलाडी सहभागी छन् ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  १० : ४९ बजे

हैदरावादले नेपाललाई दियो १९८ रनको लक्ष्य

काठमाडौं– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज भएको खेलमा

विपद् प्रतिकार्य, राहत, दीर्घकालीन पुनर्निर्माणमा सरकारलाई सहयोग गर्छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् प्रतिकार्य, राहत, दीर्घकालीन

नुवाकोट पुगे प्रधानमन्त्री शाह र भौतिक पूर्वाधारमन्त्री लम्साल

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह बाढी प्रभावित क्षेत्र नुवाकोट पुगेका छन्

विपद व्यवस्थापनका लागि सर्वदलीय बैठकको १० बुँदे साझा संकल्प

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति सर्वदलीय

भोटेकोशी बाढी : खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत व्यवस्थापनका