काभा महिला भलिबल : उपाधि भिडन्तमा भारतसँग फेरि चुक्यो नेपाल « Khabarhub

काभा महिला भलिबल : उपाधि भिडन्तमा भारतसँग फेरि चुक्यो नेपाल


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


23.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आयोजक नेपाल भारतरुविद्धको फाइनल भिडन्तमा फेरि एक पटक चुकेको छ । भारतविरुद्ध २-१ सेटको अग्रता जोगाउन नसक्दा नेपालले ३-२ ले भारतलाई उपाधि सुम्पिन बाध्य भएको हो ।

यससँगै लिग चरणमा नेपालसँग भोगेको हारको बदला पनि भारतले लिन सफल भएको छ । भारतले लिग चरणमा ३-२ को सेटमा नेपालसँग हार भोगेको थियो।

बुधबार लिग चरणको उक्त सेटलाई उल्टाएको भारतले नेपाललाई घरमै उपाधि राखेर उत्साहित हुने अवसर फेल गराइदियो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार भएको फाइनलमा नेपालमा पहिलो सेट २५-२३ ले आफ्नो पक्षमा पारेको थियो।

निकै प्रतिस्पर्धात्मक उक्त सेटको सुरुआतमै नेपाल ३-० ले पछि परेको थियो। भारतले लगातार चार अंक जोड्दै खेलमा फर्कियो । अन्तिममा २०-२३ ले पछि परेको नेपालले लगातार पाँच अंक जोड्दै सेट जित्यो ।

दोस्रो सेटमा भने नेपाल थकित देखियो । नेपाल कुनै बेला ५-१० को स्थितिमा थियो। तर, नेपालले थप ६ अंक जोड्दा भारतले भने १४ अंक हासिल गर्‍यो।

भारतलाई २४ अंकमा रोक्दै नेपालले लगातार चार अंक जोडेको थियो। तर, १० अंकमा पछि परिसकेको अवस्थामा नेपालले पुनरागमन गर्न सकेन । दोस्रो सेट १४-२५ ले गुमायो।

तेस्रो सेटमा चुनौतीको सामना गरे पनि नेपालले सुरुआतदेखि नै अग्रता लियो । उक्त सेट नेपालले २५-२२ ले आफ्नो पक्षमा पार्‍यो।

चौथो सेटमा नेपालले २१-२५ ले नतिजा हार्‍यो। पाँचौं तथा अन्तिम सेटमा भने नेपाल झनै फितलो हुँदै ५-१५ ले उपाधि सुम्पियो ।

 

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ७ : २४ बजे

भोटेकोशी बाढीमा ५३८ जनाको शव बरामद, ३३ देशका ५११ विदेशी अझै बेपत्ता

काठमाडौं– रसुवाको भोटेकोशी नदी क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीमा

मेलम्चीका बाढी प्रभावितले गरे एक लाख सहयोग

सिन्धुपाल्चोक– रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीका कारण प्रभावितको राहत तथा

चीनले भन्यो : बुधबारको विनाशकारी बाढी नेपालतर्फ हिमालमा झरेको पहिरोबाट

काठमाडौं- नेपालको उत्तरी सीमावर्ती क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपहिरोको कारणबारे

रसुवा नाका बन्द हुँदा चीनतर्फको आयातमा कस्तो असर पर्छ ?

काठमाडौं– भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीले जनधनको ठूलो

भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त

काठमाडौं- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो