काभा महिला भलिबल : उपाधि भिडन्तमा भारतसँग फेरि चुक्यो नेपाल « Khabarhub

काभा महिला भलिबल : उपाधि भिडन्तमा भारतसँग फेरि चुक्यो नेपाल


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


23.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आयोजक नेपाल भारतरुविद्धको फाइनल भिडन्तमा फेरि एक पटक चुकेको छ । भारतविरुद्ध २-१ सेटको अग्रता जोगाउन नसक्दा नेपालले ३-२ ले भारतलाई उपाधि सुम्पिन बाध्य भएको हो ।

यससँगै लिग चरणमा नेपालसँग भोगेको हारको बदला पनि भारतले लिन सफल भएको छ । भारतले लिग चरणमा ३-२ को सेटमा नेपालसँग हार भोगेको थियो।

बुधबार लिग चरणको उक्त सेटलाई उल्टाएको भारतले नेपाललाई घरमै उपाधि राखेर उत्साहित हुने अवसर फेल गराइदियो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार भएको फाइनलमा नेपालमा पहिलो सेट २५-२३ ले आफ्नो पक्षमा पारेको थियो।

निकै प्रतिस्पर्धात्मक उक्त सेटको सुरुआतमै नेपाल ३-० ले पछि परेको थियो। भारतले लगातार चार अंक जोड्दै खेलमा फर्कियो । अन्तिममा २०-२३ ले पछि परेको नेपालले लगातार पाँच अंक जोड्दै सेट जित्यो ।

दोस्रो सेटमा भने नेपाल थकित देखियो । नेपाल कुनै बेला ५-१० को स्थितिमा थियो। तर, नेपालले थप ६ अंक जोड्दा भारतले भने १४ अंक हासिल गर्‍यो।

भारतलाई २४ अंकमा रोक्दै नेपालले लगातार चार अंक जोडेको थियो। तर, १० अंकमा पछि परिसकेको अवस्थामा नेपालले पुनरागमन गर्न सकेन । दोस्रो सेट १४-२५ ले गुमायो।

तेस्रो सेटमा चुनौतीको सामना गरे पनि नेपालले सुरुआतदेखि नै अग्रता लियो । उक्त सेट नेपालले २५-२२ ले आफ्नो पक्षमा पार्‍यो।

चौथो सेटमा नेपालले २१-२५ ले नतिजा हार्‍यो। पाँचौं तथा अन्तिम सेटमा भने नेपाल झनै फितलो हुँदै ५-१५ ले उपाधि सुम्पियो ।

 

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ७ : २४ बजे

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण

बाँके– भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको

बाढीपहिरोले पाँच सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका