काभा यु–२० च्याम्पियनसिप : नेपाल उज्वेकिस्तानसगँ पराजित « Khabarhub

काभा यु–२० च्याम्पियनसिप : नेपाल उज्वेकिस्तानसगँ पराजित


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । श्रीलङ्ककाको कोलम्बोमा आज भएको खेलमा उज्वेकिस्तानसँग नेपाल ३–१ को सेटमा पराजित भएको हो ।

खेलमा पहिलो र दोस्रो सेट गुमाएको नेपालले तेस्रो सेट भने जितेको थियो । तेस्रो सेटको जितले खेलमा फर्कने संकेत गरेको नेपाल त्यसपछिको सेटमा पराजित हुन पुग्यो र अन्तत उज्वेकिस्तान विजयी भयो ।

नेपालले उज्वेकिस्तानसङ पहिलो सेट १९–२५ले गुमायो भने खेलको दोस्रो सेट १४–२५ ले पराजित भयो ।यस्तै नेपालले तेस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पार्‍यो । तर, खेलको चौथो सेटमा नेपाल उज्वेकिस्तानसङ १५–२५ ले पछि पर्‍यो ।

प्रतियोगितामा नेपालको यो पहिलो हार हो । हिजो भएको पहिलो खेलमा नेपालले श्रीलङ्काविरुद्ध ३–० को सोझो सेटमा जित निकालेको थियो ।

यही असोज २६ गतेसम्म कोलम्बोमा सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालले भोलि माल्दिभ्ससँग खेल्नेछ ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ९ : ०४ बजे

नेपाली सेनाको एकीकरण टर्च र्‍याली नुवाकोटमा

नुवाकोट – नेपाल एकीकरणका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाह हिँडेको

महोत्तरीका १६३ मतदानस्थल अतिसंवेदनशील वर्गमा

महोत्तरी – महोत्तरीका १६३ वटा मतदानस्थल अतिसंवेदनशील क्षेत्रमा परेका छन्

ठेक्का तोड्नमै चार महिना बिताएका कुलमानले दिएनन् निकासको बाटो

काठमाडौं- हिउँदयाम, विकासे कामका लागि उपयुक्त समय हो । हिउँदमा

प्रदेशमा विकास निर्माण तथा योजनाको कार्य ठेक्का प्रक्रियाबाट हुने : मुख्यमन्त्री यादव

जनकपुरधाम–  मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेस प्रदेशमा सुशासन कायम