‘ट्रम्पको पुनरागमन ‘गलत नीति’को पुनरावलोकन गर्ने मौका’  « Khabarhub

‘ट्रम्पको पुनरागमन ‘गलत नीति’को पुनरावलोकन गर्ने मौका’ 


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इरानले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन नेता तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको विजयलाई अमेरिकाका लागि विगतका ‘गलत नीतिहरू’को पुनरावलोकन गर्ने अवसर भएको बताएको छ।

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै जनवरीमा ह्वाइट हाउस फर्कन लागेका ट्रम्पले आफ्नो पहिलो कार्यकालमा इरानमाथि ‘अधिकतम दबाब’ को रणनीति अजाएका थिए । 

विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बगाईलाई उद्धृत गर्दै सरकारी समाचार संस्था आईआरएनएले भनेको छ, ‘विगतमा अमेरिकी विभिन्न सरकारका नीति र दृष्टिकोणसँग हाम्रो निकै तितो अनुभव छ ।’

ट्रम्पको जित ‘विगतका गलत नीतिको पुनरावलोकन गर्ने अवसर’ भएको उनले बताए। इरान र संयुक्त राज्य अमेरिका सन् १९७९ को इस्लामिक क्रान्तिदेखि नै एकअर्काका विरोधी थिए।  इस्लामिक क्रान्तिले पश्चिमा समर्थित शाहलाई सत्ताच्युत गरेको थियो भने ट्रम्पको पहिलो कार्यकालमा सन् २०१७ देखि २०२१ सम्म इरानसँगको सम्बन्धमा थप तनाव बढेको थियो।

बुधबार अमेरिकी राष्ट्रपतिमा ट्रम्प विजयी घोषणा हुनुअघि इरानले अमेरिकी निर्वाचनलाई असान्दर्भिक भन्दै अस्वीकार गरेको थियो।

सरकारका प्रवक्ता फातेमेह मोहजेरानीले भने, ‘संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानको सामान्य नीतिहरू तय गरिएको छ। को राष्ट्रपति बन्छ भन्ने कुराले केही फरक पार्दैन । जनताको जीविकोपार्जनमा कुनै परिवर्तन नआओस् भनेर योजना बनाइसकिएको छ।’

आफ्नो पहिलो कार्यकालमा ट्रम्पले सन् २०१५ को इरान आणविक सम्झौताबाट अमेरिकालाई एकतर्फी रुपमा फिर्ता भएको घोषणा गरेका थिए र इस्लामिक गणतन्त्रमाथि कडा प्रतिबन्ध लगाएका थिए । 

ट्रम्पको पहिलो कार्यकाल रहेकै समय सन् २०२० मा अमेरिकाले बग्दाद विमानस्थलमा गरेको हवाई आक्रमणमा इस्लामिक रिभोलुसनरी गार्ड कोरका जनरल कासिम सुलेमानीको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  ३ : ०८ बजे

शीतलहरबाट आठ हजार परिवार प्रभावित हुने

दोधारा चाँदनी- जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५

औरहीका किसानलाई अनुदानमा गहुँको बीउ

सिरहा– औरही गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बीउ

हेटौंडा बजारको सडक सीमाभित्र बनेका संरचना भत्काइँदै

हेटौंडा–  हेटौंडा उपमहानगरपालिकाअन्तर्गत सडक क्षेत्रको दाँया-बायाँमा अतिक्रमण गरेर बनाइएका बजार क्षेत्र

नीति तथा कार्यक्रम अघि बढाउँदा विज्ञको सुझाव प्राथमिकतामा राख्छौँ : उद्योगमन्त्री सिन्हा

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले नीति

राष्ट्रपतिद्वारा १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण