चाेरिएकाे सुनसहित चार जना पक्राउ « Khabarhub

चाेरिएकाे सुनसहित चार जना पक्राउ


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चाेरिएकाे सुनसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा घर भई लगनखेल बस्ने २० वर्षीय सन्देश नेपाली, पोखरा घर भई क्षेत्रपाटी बस्ने २६ वर्षीय अनीश पौडेल, नुवाकोट घर भई सोही ठाउँ बस्ने ४१ वर्षीय ज्ञान बहादुर विश्वकर्मा र काठमाडौं घर भई महाराजगन्ज बस्ने ३० वर्षीय राजकुमार विश्वकर्मा रहेका छन् ।

शुक्रबार दिउँसो ललितपुर महानगरपालिका-१२ मंगलबजार स्थित राम बहादुर नेपालीको घरमा कोही नभएको मौका पारी ढोका फोडेर प्रवेश गरी विभिन्न सुनका गर गहना समेत गरी अन्दाजी ४ तोला ८० लाल चोरी भएको थियो ।

उक्त घटना अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय तथा अपराध अनुसन्धान शाखा ललितपुरबाट खटिएको प्रहरी टोलीले आइतबार सन्देश नेपाली समेत चार जनालाई चोरी गरी लगेका गर गहना तथा नगद सहित पक्राउ गरेको हो ।

उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागी प्रहरी परिसर ललितपुर पठाइएको छ ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ६ : ५६ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस