पुष्पा २ को टिजर : काली माताको भेषमा ‘पुष्पा’  « Khabarhub

पुष्पा २ को टिजर : काली माताको भेषमा ‘पुष्पा’ 


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण भारतीय नेता अल्लु अर्जुनले समर्थकहरुलाई जन्म दिनको उपहार स्वरूप आफ्नो मुख्य अभिनय रहेको बहुप्रतिक्षित फिल्म पुष्पा २: द रुल’ को टिजर सार्वजनिक गरेका छन् ।

४२ औँ जन्मदिन मनाइरहेका अर्जुनले लामो समयदेखि प्रतीक्षामा रहेका फ्यानहरूलाई यस्तो उपहार दिएका छन् । टिजरमा अल्लुले काली माताको ‘गेटअप’ देखिएका छन् ।

६८ सेकेन्डको टिजरमा उनको पात्र डरलाग्दो देखिन्छ । अल्लुले साडी लगाएकी छन् भने हातमा त्रिशूल लिएका छन् । यो सम्पूर्ण दृश्य कुनै धार्मिक घटनाको जस्तो देखिन्छ ।

पहिलो भागमा रक्त चन्दनको तस्करीबाट उदाएका पुष्पाले दोस्रो भागमा आफ्नो क्षेत्रमा राज गर्ने बताइएको छ । आफ्ना शत्रुलाई सधैँका लागि नाश गर्न उनलाई कालीको गेटअपमा देखाइएको निर्माण पक्षले संकेत गरेको छ ।

 हेर्नुहोस् टिजर :

करिब एक वर्षअघि ‘पुष्पा २’ को फर्स्ट लुक भिडियो सार्वजनिक भएको थियो । जसमा पुष्पा तिरुपति जेलबाट भागेर जंगलमा लुकेको देखाइएको थियो । उनी प्रहरीको गोलीबाट घाइते गम्भीर घाइते हुनसक्ने आशंका गरेको देखाइएको थियो ।

प्रहरीले जेलबाट भाग्दा पुष्पाले लगाएको लुगामा आठ गोली लगेको भेटे पनि पुष्पालाई भेटेको थिएन । सो भिडियोमा पुष्पालाई मार्ने षड्यन्त्र रचिएको भन्दै उनका समर्थकहरूले प्रहरी र सरकारको विरोध गरिरहेका देखाइएको थियो । उनी विदेश फरार भएको आशंकासमेत फैलिएको भिडियोमा देख्न सकिन्छ ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  १ : ४७ बजे

राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरुद्ध आरोप पत्र दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढवा गाउँपालिका दाङका तत्कालीन अध्यक्ष

मन्त्री बज्राचार्यद्वारा पद तथा गोपनीयताको शपथ

बागमती– बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शैलेन्द्रमान बज्राचार्यले आज पद

मन्त्रालयले मुलुक केन्द्रित रणनीतिमा काम गरिरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका

पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु

पेशावर– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात जिल्लाको कबाल प्रकरी चौकी

भूमिहीन र सुकुम्वासी समस्या समाधानमा वर्तमान सरकार कटिबद्ध

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्षका सांसदले भूमिहीन र सुकुम्वासी समस्या