‘पर्खी बसे फर्की आउछु’को विशेष शो सम्पन्न « Khabarhub

‘पर्खी बसे फर्की आउछु’को विशेष शो सम्पन्न


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– विश्व ज्योति हल जमल काठमाडौँमा फिल्म ‘पर्खी बसे फर्की आउछु’को विशेष शो सम्पन्न भएको छ । एक राज थापाको प्रस्तुती रहेको फिल्मको लेखन र निर्देशन राजबहादुर सानेले गरेका छन् ।

फिल्ममा हिउँवाला गौतम, प्रेम परियार, समिक्षा बस्नेत, देव सागर, सुशील गौतम, हेमराज घर्तिमगर, पदम तामाङ, कृष्णबहादुर थापा, रोशन थापा लगायतको अभिनय छ ।

रोशिका फिल्मसको ब्यानरमा बनेको फिल्मको कार्यकारी निर्मातामा कमलप्रसाद शर्मा र खेमराज विक छन् भने निर्मातामा यमकान्त भन्डारी छन् । फिल्मका सह–निर्मातामा कृष्णबहादुर थापा (काजी), नवराज अधिकारी, जगदीश महर, सुशील गौतम, जेनि मगर (प्रगति) रहेका छन् ।

फिल्ममा अरुण सुनारको छायाङ्कन, बसन्त सापकोटा र पुर्ण संयोगको सङ्गीत, तारा थापा ‘किम्भे’को सम्पादन, चेतनबहादुर सामतको रङ संयोजन, यज्ञ जङ्ग बिकको मुख्य सहायक निर्देशन रहेको छ।

फिल्मले फरक क्षमता भएका व्यक्तिहरुको मनोभावनामा समसामयिक सामाजिक सन्देश मुलक कथा प्रस्तुत गरेको छ । शनिवार गरिएको विशेष शोमा पूर्व भौतिक तथा यातायात मन्त्री प्रकाश ज्वाला, केपी पाठक कालकार दीपाश्री निरौला, बद्री पङ्गेनी, प्रेमनाथ अधिकारी र गोपालकाजी कायस्थलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ५ : ५८ बजे

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२