सम्भावित रणनीति तय गर्न देउवाले पार्टी पदाधिकारीलाई बूढानीलकण्ठ बोलाए « Khabarhub

सम्भावित रणनीति तय गर्न देउवाले पार्टी पदाधिकारीलाई बूढानीलकण्ठ बोलाए


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

जनता समाजवादी पार्टी विभाजनपछिको राजनीतिक अवस्था र शुक्रबारदेखि सुरु हुने संसद्को बजेट अधिवेशनबारे रणनीति तय गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूलाई बूढानीलकण्ठ बोलाएका छन् ।

देउवाले पदाधिकारी र पूर्वपदाधिकारीसहितको बैठक बोलाएर नयाँ रणनीति तय गर्न लागेका हुन् । निजी निवास बूढानीलकण्ठमा पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बुधबार दिउँसो २ बजेदेखि बस्दै छ ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र संसदको अधिवेशन लगायतबारे छलफल हुने एकजना पदाधिकारीले जानकारी दिएका छन् ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्‍दै संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ ।

मंगलबार सभामुख देवराज घिमिरेको पहलमा बसेको शीर्ष नेतासहित संसद्‍का प्रमुख दलहरूको बैठकमा पनि कुरा मिल्न सकेको थिएन ।

कांग्रेसले सहकारी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेमाथि छानबिनका लागि संसदीय समिति बन्नै पर्ने अडान राखेको छ ।

उता रास्वपाले भने राज्यका कुनै पनि निकाय र अंगबाट अभियोग नलागेको अवस्थामा संसदीय समिति बनाउने कुरा कुनै हालतमा नस्वीकार्ने अडान लिएको छ ।

यी दुई दलको विवादका कारण आगामी आर्थिक वर्षको बजेटका लागि बोलाइएको संसद्को बर्खे अधिवेशन नै प्रभावित हुने जोखिम देखिएको छ ।

मंगलबार सर्वदलीय बैठकमा अडान नछाडेको कांग्रेसले बूढानीलकण्ठबाट सम्भावित रणनीति तय गर्दैछ ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  २ : ०८ बजे

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप

धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिँदै

बैतडी- भारतको उत्तराखण्डस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका ४८ घण्टाका लागि